२२ वैशाख २०८१ शनिबार
image/svg+xml

गठबन्धनको बैठक: राष्ट्रपतिको कदमबारे छलफल हुने

आजको बैठकमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयबारे छलफल हुने बताइएको छ।

काँग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन।'

गठबन्धनबाट गण्डकीमा कहाँ कसको दाबी?

जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर तालमेलको प्रक्रिया टुङ्गाउनुपर्ने उनीहरूको सुझाव छ। गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले बागलुङ–१ मा चित्रबहादुर केसीलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेपछि जिल्ला तहमा क्षेत्र बाँडफाँट पेचिलो बन्ने देखिएको छ।

सत्ता गठबन्धनको बैठक बस्दै

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेता ‘वान टू वान’ वार्ता गर्न सहमत

‘हामी सहमतिको नजिक पुगेका छौं। आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं। जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ।’

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन गठबन्धनको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ।

गठबन्धनबाट विराटनगरको मेयरमा नागेश र उपमेयरमा अमरेन्द्रले दिए उमेदवारी

सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।

स्थानीय तहमा उम्मेदवारी: गठबन्धनबीच बनेन बलियो तालमेल

जिल्लाका सबै स्थानीय तहहरुमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेको भएपनि गठबन्धनको तालमेल फितलो देखिएको छ। सोमबार उम्मेदवारी दर्ताका क्रममा गठबन्धनमा आवद्ध सबै दलहरु एक भएर सामुहिक रुपमा उम्मेदवारी दिन सकेनन्।

एमालेलाई बहुमत दिन सकेनौं भने देशले दुर्भाग्य व्यहोर्नुपर्छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिएका छन्।

गठबन्धनमा उम्मेदवार मिलाउन सकस

सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि तालमेल गरेर जाने घोषणापछि जिल्ला तहमा पदको भागबण्डा सुरु भएको छ।

निर्वाचन परिचालनबारे प्रदेश सभापतिसँग छलफल

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ।

गठबन्धनबीच चुनावी तालमेल गरेर जाने अवस्था छैन: कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।

गठबन्धनलाई उठ्नै नसक्नेगरी पछार्छौं: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन्।

चुनावी सहकार्यका लागि गठबन्धन दलबीच छलफल

पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्