३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन परिचालनबारे प्रदेश सभापतिसँग छलफल

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरेको हो।

सत्तारुढ गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ।

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो। समितिका सदस्य समेत रहेका सहमहामन्त्री पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताए।

प्रकाशित: १६ चैत्र २०७८ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App