१ मंसिर २०८१ शनिबार
image/svg+xml

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। योसँगै व्यवसायीमा खुसी छाएको छ।

व्यवसायी भन्छन्– अब मर्न मात्र बाँकी छ !

विदेशी पर्यटक आउने मुख्य याममा पनि होटलहरूमा पर्यटक नआउँदा लुम्बिनीका होटल व्यवसायीहरू चिन्तित छन् ।

सेप्टेम्बरको पर्यटक आगमनमा झन्डै शतप्रतिशत ‘रिकभर’

झन्डै सतप्रतिशत ‘रिकभर’ हुनेगरि यो सेप्टेम्बरमा नेपालमा विदेशी पर्यटकको आगमन भएको छ। सेप्टेम्बरमा मात्र नेपालमा सबैगरि ९१ हजार १२ जना विदेशी पर्यटक भित्रिएका छन्। ती सबै हवाईजहाज मार्फत भित्रिएका यात्रु हुन्।

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ। नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ।

पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। ती पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन्।

सौराहमा घटे पर्यटक

आर्थिक गतिविधि बढ्ने समय हो।विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्।

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उदघाटन गरिएको छ।

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

सुरु भयो पर्यटक रमाउने सिजन (फोटोसहित)

पर्यटन व्यावसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ। अबका तीनमहिना ( सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यावसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन्। पर्यटन व्यावसायीले यो सिजनसँग निकै नै अपेक्षा पनि गर्छन। अघिल्ला सिजनमा झैं पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यावसायी बसिरहेका छन्।

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन्। पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन्।

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।

४ महिनामा ४ लाख पर्यटक आउलान् त ?

सरकारी लक्ष्य पुरा गर्न अबको चारमहिनामा कम्तिमा चारलाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल आउलान त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चारमहिनामा चारलाख विदेशी पाहुना भित्रिने अपेक्षा गर्न सकिन्छ।’

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्