२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘लागूऔषध नियन्त्रणका लागि सबै जुटौं’

युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका–४ को सहयोगमा बुटवलमा गरिएको लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले युवाहरुलाई सहि बाटोमा हिडाउन अभिभावकको निगरानी आवश्यक रहेको बताएका हुन्।

गाँजासहित दुई जना पक्राउ

लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ। गौर–चन्द्रपुर सड्क खण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकास्थित बम नहरमा चेकजाँचको क्रममा साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

लागूऔषध र नेपाली रुपैयाँसहित भारतमा एक नेपाली पक्राउ

लागूऔषध र नेपाली रुपैयाँसहित एक नेपाली भारतमा पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतीय बजार बैरगनियामा भारतीय सुरक्षाकर्मीले एकजना नेपालीलाई प्रतिबन्धित लागूऔषध र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

आफ्नै छोरालाई लागूऔषध सेवन गराउने महिलालाई प्रहरीले भेटेपछि...

उनीहरुलाई १७ केजी चरेससहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिए।

नेपाल संयुक्त राष्ट्रसंघीय लागूऔषध आयोग सदस्यमा नियुक्त

नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदन्तर्गतको लागूऔषध आयोग सदस्यमा नियुक्त भएको छ। लागूऔषधसम्बन्धी नीति निर्माण गर्ने यस निकायमा नेपाल एसिया प्रशान्त क्षेत्रबाट सन् २०२०–२०२३ का लागि निर्वाचित भएको हो। संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार सम्पन्न निर्वाचनमा नेपालले ५४ मध्ये ४४ मत प्राप्त गरेको थियो। सो आयोगमा नेपालसहित विभिन्न क्षेत्रबाट ३३ मुलुक निर्वाचित भएका छन्। एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, जापान, बहराइन, थाइल्यान्ड, पाकिस्तान र तुर्किमेनिस्थान निर्वाचित भए।

लागूऔषध कारोवारमा संलग्न १७ जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जना र प्रयोगकर्ता ११ लाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खोजी गर्दा जिल्लामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

४८ किलो अवैध लागूऔषध सहित भारतीय नागरिक पक्राउ

प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अबैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटस्थित सडकबाट पक्राउ गरेको हो।

लागूऔषधसहित युवक पक्राउ

प्रहरीले लहान नगरपालिका–३ अस्पताल चोकबाट शुक्रबार दिउँसो लागूऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ का २६ वर्षीय भरत तामाङ छन्।

लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरीको सम्सी गाउँपालीका ६ कन्हमा बोर्डरबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर बज्रबराही नगरपालिका १२ का २९ वर्षीय कमल बुढाथोकी  र सिन्धुली कमलामाई नगरपालिका ४ का ३० वर्षीय राजु नेपाली रहेका छन्।

लागूऔषध सहित चारजना पक्राउ

सर्लाही प्रहरीले दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिकै १० किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा विहिबार बिहान २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

लागूऔषधसहित २ जना पक्राउ

प्रतिबन्धित लागूऔषध सहित २ जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजारबाट काठमाडौंतर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौं टोखा नगरपालिका २९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका ३ का २३ वर्षीय विकास मर्हजनलाई प्रहरीले पक्राउ गरेको हो।

होटलबाट ब्राउनसुगर बरामद

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा वीरेन्द्रनगर–१० स्थित चाईना गेट होटलको कोठा नम्बर १५ बाट दुई पुरिया ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।

ब्राउनसुगर सहित ७ पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार सुब्बाकुना चेकपोष्टमा चेकजाँचका छुट्टाछुट्टै समयमा ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन्।

ठूलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ

सिरहा नगरपालिका –१७ पटेर्वाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका –२ का १९ वर्षिय बब्लु कुमार यादव छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्