२० आश्विन २०८१ आइतबार
image/svg+xml

लागूऔषधविरुद्धको युद्ध समापनको घोषणा

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषधविरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गरेका छन्। उनले मेक्सिको सरकारले लागूपदार्थका तस्कर पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताए।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

लागूऔषध दुर्व्यसनीकाे संख्या बढ्दै

पहिला सहरका युवाहरू लागूऔषधको लतमा फसेको सुन्थे। अहिले गाउँका युवाहरू लागूऔषधको दलदलमा फसेको देख्दै छु। गाउँदेखि सहरसम्म सञ्जाल फैलाउँदै गएको लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न नसके समाज नशाको दलदलमा फस्ने निश्चित छ।

ठूलो परिमाणमा लागूऔषध सहित एक पक्राउ

सिरहाको धनगगढीमाई नगरपालिका ९ जिरोमाईल स्थित एक घरबाट सिरहा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। मंगलबार बिहान प्रहरीले स्थानीय गंगा प्रसाद यादवको घरबाट लागूऔषध सुई, चक्की र झोलसहित उनलाई पक्राउ गरेको छ।

हतियार र लागूऔषधसहित दुई पक्राउ

झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित महिला पक्राउ

लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। दुई ग्राम ६१० मिलिग्राम लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–१२ कि २६ वर्षीया पवित्रा विसी (विष्ट)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध सहित १० पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर र नियन्त्रित लागूऔषध सहित प्रहरीले १० जना पक्राउ गरेको छ।

लागूऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ।

कारको ट्याङकीमा लागूऔषध !

सुनसरी र पर्साबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमध्ये ४ जना सुनसरी र ३ जना पर्साबाट पक्राउ परेका हुन्।

लागूऔषध सहित चार पक्राउ

जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सहित चारजना युवालार्इ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका ११ का १९ बर्षीय दिलिप कुमार सादयह, १९ वर्षकै सरोज कुमार सादाय, १८ वर्षका विक्रम कुमार सदाय, सोही नगरपालिका वडा नम्बर १३ का २२ बर्षीय नन्द कुमार महतो रहेका छन्।

लागूऔषध सहित एक पक्राउ

बीरगंज प्रहरीले लागूऔषध सहित एक जनालार्इ पक्राउ गरेकाे छ। काठमाडौं चन्द्रागिरी नगरपालिका ५ बस्ने ३१ वर्षीय अनिल सापकोटा अवैध लागूऔषध सहित बुधवार पक्राउ परेका हुन।

लागूऔषध भित्र्याउने ‘ट्रान्जिट’ बन्दै सर्लाही

भारतबाट नेपालतर्फ लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्र्याउनका लागि सर्लाहीका विभिन्न नाकाहरू प्रयोग हुने गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्