२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश ५ : मन्त्री र सांसदको तलब तोकियो, मन्त्रीको दशैंभत्ता काटियो

सदनमा पेश भएको झण्डै तीन महिना पछि मुख्य मन्त्री, मन्त्री तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमीक तथा सेवा सुविधा सम्बन्धि दुई वटा विधेयक पास भएका छन्

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने खबरले चर्चामा छन्।

दशैंमा राजधानीबासीले मेलम्चीको पानी पाउने, कहाँ कहाँको धारामा आउँछ ?

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ।

चेपाङ समुदायका लागि जुट्यो दशैं खर्च

बेसीसहर नगरपालिका ११ चितीको चेपाङटारमा बस्दै आएका विपन्न अवस्थाका चेपाङ समुदायलाई दशैं मनाउनका लागि आर्थिक सहयोग जुटेको छ।

दशैंको स्मृतिबिम्ब

मानिसको जीवन अनुभवको घामछाँया हो । यो जीवनभित्र सुख र दुःख दुबैको सहअस्तित्व छ । मानिसको भविष्ययात्रा अनिश्चित भएपनि विगतको स्मृति र वर्तमानको अनुभूति भने यथावत् नै छ । अझ उमेर बढ्दै जाँदा पुराना दिनहरु सम्झनाका अनेक पत्रहरु बनेर अगाडि आइपुग्छन् कहिले आँखाभरिभरि भएर, कहिले मनभरिभरि भएर । यी सम्झनाका बिम्बहरु पनि समय, घटना र सन्दर्भ सापेक्ष हुँदा रहेछन् । अहिले दशैं सम्झनाका यी हरफहरु लेखिरहँदा मलाई यस्तै अनुभव भइरहेको छ । जब हरेक वर्ष नेपालीहरुको घरआँगनमा घुमिफिरी दशैं आउन थाल्छ, तब मलाई दशैका पुराना सम्झनाहरुले सताउँन थाल्छन् । खासगरी बाल्यकालका दशै अनुभवहरुले मलाई घेर्न थाल्छन् । यसपल्ट म तिनै दशै अनुभवमाथि केही हरफहरु लेख्न थालेको छु ।

धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

दशैंसँगै चैत्र बैशाख देखिको गर्मी र असार देखिकोे वर्षा लगभग अन्त्य हुन्छ। त्यसैले यो पर्व असोज या कात्तिकका केही दिन रमाइलो गर्ने मेसो मात्रै होइन। ऋतुको एउटा चक्र पार गरेर अर्को चरणमा प्रवेश गरेको संकेत पनि हो। एकै खालको मौसमले दिक्दारी, हैरानी बनाएको हुन सक्छ। दशैंले हामीलाई त्यो आलस्यबाट मुक्त गराएर भिन्न परिवेशमा लैजान्छ। तर दशैंले यस्तो पनि गर्छ र भन्ने प्रश्न उब्जने बेला आइसकेको छ। किन कि दशैं पहिले पहिलेको जस्तो भएन भन्नेहरु अलि अलि हैन प्रशस्नै हुन थालेका छन्।

२३ मध्ये १८ दशैँ कार्यक्षेत्रमै

चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाए। पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो। थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उनी घर आए भने अख्तियारमा दशैँमा बिदा हुने गर्छ।

देवभूमि सुदूर पश्चिमाञ्चलमा दशैं

नेपाली समाज देव पितृ पूजक समाज हो । हामी जुन मान्यताका साथ देवतालाई पुज्दछौैं त्यही मान्यता अनुसार पितृलाई पनि पुज्दछौं । देव कार्य गर्दा नान्दीमुख श्राद्ध गरेर सबै पितृहरुको स्मरण गर्ने गरिन्छ भने श्राद्ध गर्दापनि देवताहरुको स्मरण पुजन गरेर पितृ कार्य गरिन्छ । यी दुवै अनुस्ठानहरु एक दोस्रोका परिपुरक हुन् र एक दोस्रोसंग गाँसिएका पनि छन् । यसै मान्यता अनुरुप शरदकालिन दशैमा पनि हामी दैव यज्ञ र पितृ यज्ञ साथ साथै गर्दछौं । देवता भन्दा पनि बढी महत्व पितृका लागि दिने गरिन्छ । पितृ यज्ञमा बढी शुद्धिको ख्याल गरिन्छ र प्राथमिकतामा देवयज्ञ पूर्व पितृ यज्ञ गरिन्छ । त्यसै मान्यता अनुरुप हाम्रो सामाजिक जीवनमा हामी सर्वप्रथम सोह्रश्राद्ध भरी पितृको पूजन स्मरण गर्दछौं । पितृ यज्ञ सम्पन्न भईसके पछि मातृ सत्ताकी प्रतिक देवीको पूजा उपासनाका साथ अनुष्ठान गर्दछौं । हाम्रा सबै देव पितृ कार्यहरुमा सबै भन्दा ठूला अनुष्ठान यी दुर्ई यज्ञ हुन् । यिनै मान्यताहरु दशै पर्वको विशेषताहरु हुन्

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

चितवन-वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ। देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ। तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ। त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

दशैँ घरमा फूलपाती भित्र्याइयो

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइ मनाइयो।

हरेक वर्ष दशैँमा घर फर्किँदा भारतीय भूमिमा लुटिन्छन् नेपाली

गतवर्ष दशैँका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा अाइपुगे। उनीसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो।

दशैं तिहारलाई मध्यनजर गर्दै प्रहरीको चाडपर्व सुरक्षा योजना

दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व सुरक्षा योजना लागू गरेको छ।

दशैँ मनाउन बिस्थापित गाँउ फर्के

भूकम्पको कारण बिस्थापित भएर जिल्लाको बिभिन्न स्थानमा बसिरहेका हाकुका बिस्थापितहरू दशैँ मनाउन गाउँ फर्केका छन्। गाउँमा सुख्खा पहिरो झरेर २९ महिनाअघि बिस्थापित भएका उनीहरु दशैँ मनाउन गाउँ फर्किएका हुन्।

'दशैँमा आउँछु भन्थ्यो आएन'

नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो। विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छन्।

दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

नेपाली सेनाले दसैंको दिन निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैंको दिन सार्वजनिक सवारी साधान न्यून हुने भन्दै काठमाडौं उपत्यकाका ८ वटा रुटहरुमा ०६:३० बजे, ११बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्