२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दशैँमा न भात न अक्षता

सरकारले समयमै  चामल नपुर्याएपछि  जिल्लाको दुर्गम  वारेकोटका विपन्न समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका छन् । सरकारी कोटाको चामल नभएपछि  विपन्न  समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका हुन् । खाद्य उत्पान्न निकै कम हुने उक्त क्षेत्रमा  लगाएको बाली समेत नपाकेको अवस्था भएका कारण अहिले  खाद्यन्न अभाव देखिएको हो ।

दशैंका अवसरमा २१ कैदीलाई माफी

सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ।  कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए।

दशैँ नजिकिएसँगै दैनिक एक लाख यात्रु बाहिरिए

नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो। यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन्। घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन्।

माझीले पाएनन् दशैँमा घर

अठ्ठाइस वर्षदेखि विस्थापित जीवन बिताइरहेका यहाँका सीमान्तकृत माझीले यही बडादशैँभित्र पाउने भनिएको नयाँ घर आश्वासनमा सीमित बनेको छ।

दशैँ अायो : नयाँ नोट साट्दै सर्वसाधारण (फोटो फिचर)

दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। थापाथलीस्थित नोट सटही केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मका  नयाँ नोट साटिने व्यवस्था मिलाइएको हो। यसपाली दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ।  यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन्।

दशैँमा छ हजार सार्वजनिक सवारी साधनले सेवा दिने

नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन्।

दशैँको टिकट बुकिङ खुला, बिहानै पुग्नेले पनि पाएनन् भनेजस्तो सिट (फोटो/भिडियो)

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सीपछि मंगलबारदेखि अग्रिम बुकिङ खु्ल्ला गरिएको हो। दशैँको अग्रिम टिकट बुकिङ गर्न यात्रुहरु विहानै बसपार्कमा पुगेका थिए। यातायात व्यवसायीले काठमाडौं उपत्यकामा १२ स्थानबाट अग्रिम टिकट खुला परेपनि यात्रुको चाप नयाँ बसपार्क गोंगबुकै काउन्टरमा धेरै देखियो।

दशैँको टिकट मंगलबारदेखि खुल्ने

दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो।

डिमर्चाको दशैं कोशेली

पोखरेली संगीत व्यान्ड 'डिमर्चा' ले दशैं कोशेली ल्याएको छ। डिमर्चाका झ्याम्म झ्याम्म…, कैलाशमा महादेव, झ्याम्मै चौतारी..लगायतका गीत लोकपप तथा फंकी गीतको सफलता पछि दशैं गीत ल्याएको भोकलिस्ट भाष्करध्वज श्रेष्ठले बताए।

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्।

डिशहोमको दशैँ तिहार योजनामा ३ हजारको छुट

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक, डिशहोमले नेपालीहरूको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरू माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ।

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

नेपालीहरुको महान् चाड दशैँ तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले ग्राहक समक्ष सिजी परम्परा नामक उपहार योजना ल्याएको छ।

चैते दशैंमा साँढे १७ लाख भेटी संकलन

यहाँको प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंका अवसरमा रु १७ लाख ५४ हजार भेटी संकलन भएको छ । चैते दशैं अवधीभर १७ लाख ५४ हजार ९ सय ५३ रुपैयाँ संकलन भएको गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

दशैंमा उपत्यकाका घरघरमा मेलम्चीकाे पानीः मन्त्री सिंह

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले अाउने दशैंसम्ममा काठमाडाैं उपत्यकाकाे घरङरमै मेलम्चीकाे पानी वितरण गरिने दाबी गरेका छन्।

दशैंको समाजशास्त्र

दशैं हाम्रो देश, समाज र बहुसंख्यक हिन्दु नेपालीको सबैभन्दा महान् र लामो चाड हो। राज्य वा शासकहरुले सम्पूर्ण जनतालाई 'हिन्दुकरण' गर्नकै लागि दशैंलाई अनावश्यक महत्व दिएको होइन एकथरीले प्रचार गरेझैं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्