सुवास भारतमा गल्फ जित्ने पहिलो नेपाली
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमेच्योर गल्फर सुवास तामाङ भारतमा कुनै पनि प्रतियोगिता जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमेच्योर गल्फर सुवास तामाङ भारतमा कुनै पनि प्रतियोगिता जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।
शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन तीन अन्डर ३३ मा सकाए। ब्याक नाइन भने एक अन्डर ३५ मा पूरा गरे।
पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ।
रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) र रुस्लानको संयुक्त आयोजनामा यसै साता रुस्लान एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ।
तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ। तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ। प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
हिमालयन गल्फ क्लबको सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन्। पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाए।
काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले मुस्ताङको माथिल्लो भेग लोमान्थाङमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन्। पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछाडि पार्दैै दोस्रो पटक उपाधि जिते। यो गल्फ मैदान विश्वकै सबैभन्दा बढी उचाईमा रहेको छ।
समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको मुस्ताङ गल्फ कोर्षमा शनिबार ‘विश्वकै उच्च उचाईमा दोस्रो गल्फ प्रतियोगिता’ हुदैं छ। विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ।
लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ।
गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालै डिलर सेल्स एक्जेक्युटिभ मिट-०८० सम्पन्न गरेको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रसतर्फ रमेश गुरुङले जितेका छन्। नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए।
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली भोलि वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाँदैछ।
एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२-०२३ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एकल अग्रता लिएका छन्।
सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।