१९ वैशाख २०८१ बुधबार
image/svg+xml

हिल्सा पुग्यो सीमा अनुगमन टोली

नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ।

उत्तरी सीमा अध्ययन टोली सिमकोटमा

टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सातजना रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।

तातोपानीबाट २० दिन आयात बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

उत्तरको ‘लाइफलाइन’ लार्चा बन्दरगाह

नुन, खुर्सानीलगायत खाद्य वस्तु सटहीबाट सुरु भएर डेढ दशकयता द्विदेशीय व्यापारिक ‘हब’ का रूपमा स्थापित उत्तरको मुख्य तातोपानी नाका नेपाल–चीनबीचको ‘लाइफलाइन’ (जीवनरेखा) भनेर चिनिन्छ । नेपाल–चीन व्यापारलाई अझ आधुनिक र द्रुत बनाउन यही लाइफलाइनमा अत्याधुनिक सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । चीन सरकारको सहयोगमा बनेको बन्दरगाहबाटै विगत डेढ वर्षदेखि तातोपानी भन्सार सञ्चालनमा छ ।

नेपाल–चीनबीच सीमामा समस्या छैन: परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल–चीनबीच सीमामा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

त्यो ऐतिहासिक नेपाल–चीन सिमाना सन्धि

नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालले उत्तरी छिमेकी चीनसँग भने सीमा सम्झौता गरेको छ। तर, ऊसँग पनि सीमाबारे विवाद नभएको होइन।

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल–चीन भाइभाइ

उत्तरको छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनले ‘नेपालको विकासमा चीन साझेदार’ बन्ने हार्दिकतापूर्ण सन्देश दिएका छन्। ‘भूपरिवेष्ठित’ मुलुक नेपाललाई ‘भूजडित’ बनाउन सघाउने आश्वासन आमनागरिकलाई पुलकित गराउन सक्छ। बेलाबेलामा हुने नाका अवरोधले समेत झस्काइरहने हाम्रा निम्ति यो सबैभन्दा ठूलो आश्वासन हो।

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बङ्गुरको मासु निर्यात गर्न नेपाल इच्छुक

नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।

जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गरिने

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन सरकार–सरकार अर्थात् जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गरिने भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा आयोजना जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गर्न लागिएको हो।

नेपाल–चीन उच्चस्तरीय बैठकः तीन समझदारीपत्रमा हस्ताक्षर

विदेशमन्त्री स्तरीय नेपाल–चीन संयन्त्र बैठकले तीन वटा मुख्य विषयमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्