पाकिस्तानी अर्थमन्त्री असद उमरद्वारा राजीनामा
पाकिस्तानकाे मन्त्रिपरिद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेका बताइएकाे छ। 'मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ', उनले भनेका छन्।
पाकिस्तानकाे मन्त्रिपरिद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेका बताइएकाे छ। 'मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ', उनले भनेका छन्।
चालु आर्थिक वर्षको नौ महिना सकिए पनि विकास बजेट खर्चको स्थितिमा सुधार आउन सकेको छैन। दुई तिहाइ बहुमत र अर्थतन्त्रमा विज्ञ अर्थमन्त्री पाएको वर्तमान सरकारले विगत सरकारको तुलनामा खर्च बढाउने अपेक्षाविपरीत विकास खर्च निराशाजनक देखिएको हो।
अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले भैरहवामा आयोजना गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तथा राजस्व नीति, कार्यक्रम विषयक अन्तरक्रियामा बोल्दै मन्त्री खतिवडाले उद्योगी व्यवसायीलाई बहुदरबारे बहस नर्गन आग्रह गरे।
अर्थमन्त्री युवराज खतिवडाले बहुमूल्य धातुजन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उनले हालै सम्पन्न लगानी सम्मेलनमा नेपालका खानी उत्खननमा लगानी गर्न विदेशीले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातु उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
अर्थमन्त्री डा. युवराज खतिवडाले बहुमूल्य धातु जन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उनले हालै सम्पन्न भएको लगानी सम्मेलनमा नेपालका खानीको उत्खननमा लगानी गर्न विदेशीहरुले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातुहरुको उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरवारभित्र राख्न माग गरेका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेता रावलले भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक रहेको सिंहदरवारभित्र नेपाली बैंकलाई प्रवेशको अनुमति किन नदिएको प्रश्न अर्थमन्त्री युवराज खतिवडालाई गरे। जवाफमा मन्त्री खतिवडाले सिंहदरवारभित्र शाखा खोल्न वाणिज्य बैंकले प्रक्रिया सुरु गरिसकेको र सरकारले पहिल्यै अनुमति दिइसकेको जानकारी गराए।
ब्याजदरका विषयमा बैंक र निजीक्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेको छैन,’ अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘हामीलाई सूड पसार्दै तपाईहरूको बीचमा पस्नु छैन। तपाईहरू दुबै निजी क्षेत्र एक–आपसमा बसेर छलफल गर्नुस् , साझा एजेन्डामा सहमति गुर्नस्।
अर्थमन्त्री युवराज खतिवडाले व्यवसाय चल्ने र बैंंकलाई निश्चित मुनाफा हुने गरी ब्याजदर निर्धारण हुनुपर्ने बताएका छन्। उनले मंगलबार बजेटको अर्धवार्षिक समीक्षामा यस्तो बताएका हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर ७–८ प्रतिशतभित्र रहने बताएका छन्। सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
सरकारले खर्च गर्न नसकेपछि चालु आर्थिक वर्षको बजेट अंक नै संशोधन गरेको छ। चालु आवका लागि कुल १३ खर्ब १५ अर्बको बजेट ल्याएका अर्थमन्त्री डा. युवराज खतिवडाले ११ खर्ब ९९ अर्ब रुपैयाँ अर्थात् कुल बजेटको ९१.२ प्रतिशत खर्च गर्ने संशोधित अनुमान बजेट मध्यावधि समीक्षामार्फत जानकारी गराएका हुन्।
आम जनताका बीचमा सरकारको परिभाषा गर्ने कामको पहिलो अभियन्ता हुन, भरतमोहन अधिकारी। २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकारमा उनी अर्थमन्त्री थिए।
अर्थमन्त्री युवराज खतिवडाको बेलायत भ्रमण उपलब्धिमूलक भएको अर्थ मन्त्रालयले जनाएको छ। बेलायतमा आयोजित तीनदिने लगानी सम्मेलन पूर्वको कार्यक्रम सम्पन्न गरी उनी आइतबार स्वदेश फर्किएका हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बेलायत भ्रमणको समयमा एक दर्जन भन्दा बढी भेटघाट गरे। उनले वैदेशिक लगानी भित्र्याउन भेटघाट गरेका थिए। उनको बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससंग बेलायतको हाउस अफ कमन्समा भेटघाट भयो ।
दुई सरकारी अधिकारी सहित संयुक्त अधिराज्य बेलायतको ३ तीन दिने भ्रमणमा आएका अर्थमन्त्री डा. युवराज खतिवडा शनिवार साँझ नेपाल फर्किएका छन्। तर उनको बेलायत बसाइ भने उद्देश्यअनुरुप सन्तोषजक देखिएन।
छ पटकसम्म अर्थमन्त्री भइसकेका डा. रामशरण महत उदार अर्थतन्त्रका पक्षपाती हुन्। योजना आयोगका उपाध्यक्ष हुँदै अर्थमन्त्रीसम्मको जिम्मेवारी समालेका डा. महत नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। सरकारको एक वर्षे कार्यकाल र समसामयिक अर्थतन्त्रबारे नागरिक नेटवर्कका लागि श्रीधर खनाल/मेनुका कार्की र दिनेश लुइटेलले गरेको कुराकानी: