१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताएका छन्।

अर्थमन्त्री खतिवडा लण्डन आउने

अर्थमन्त्री डा. युवराज खतिवडा बेलायत आउने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी  फेब्रुअरी २० तारिख   यहाँ आइपुग्ने कार्यक्रम तय भएको हो।

आयातका वस्तुको सूची हेरफेर गर्दैछौंः मन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक मुन्द्रा सञ्चितीमा परेको चापलाई व्यवस्थापन गर्न आयात गरिने वस्तुको सूची परिवर्तन गर्न थालिएको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदले गरेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन्।

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडि बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरुलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन्।

नेपालमा लगानी गर्ने यो उपयुक्त वातावरण हो : अर्थमन्त्री खतिवडा

नेपालमा निर्धक्क लगानी गर्न नेपाल अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरबलाई आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा साउदी अरबका राजदूत मुसैदविन सुलेमन आइ मारवानसँग सोमबार शिष्टाचार भेट गर्दै मन्त्री खतिवडाले अहिलेको समय नेपालमा लगानी गर्ने उचित समय भएको आश्वासन दिएका छन्।

चिनियाँ नाका खुले पूर्वाधार निर्माण सहज

अर्थमन्त्री युवराज खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भए नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा चिनियाँ राजदूत हौ यान्कीसँगको भेटमा अर्थमन्त्री खतिवडाले मुलुक संविधान कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिमा अघि बढेकाले उत्तरी सीमाका नाका सञ्चालनमा आए पूर्वाधार निर्माणमा सहज हुने बताए।

कोइराला बर्खास्त

अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ। बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो। गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्।

पहिले वातावरण, अनि सम्मेलन

मुलुकभर लगानीको वातावरण बन्न नसकेको आलोचना भइरहेका बेला सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने घोषणा गरेको छ। लगानीको वातावरण बनेको सन्देश दिन भन्दै सरकारले आगामी चैत १५–१६ मा सम्मेलन गर्ने घोषणा गरेको हो।

लगानी सम्मेलन चैतमा

लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश दिन सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ। आगामी चैत १५–१६ गते उक्त सम्मेलन हुन लागेको हो। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने भएका छन्।

‘आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्।

पत्रकारिता प्रतिपक्षी दल जस्तो बन्न हुँदैनः अर्थमन्त्री डा. खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन्।

कपडा उद्योगीसँग अर्थमन्त्रीले १० दिनको समय मागे

उद्योगीका समस्यामा सरकार संवेदनशील नभएको भन्दै कपडा उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएका उद्योगसँग अर्थमन्त्री युवराज खतिवडाले १० दिनको समय मागेका छन्।

‘स्वदेशी स्रोतको क्षमता बढाउनुपर्छ’

अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक सहायताको स्रोतलाई स्वदेशी स्रोतको गतिशीलता बढाउने परिपूरक बनाउनुपर्नेमा जोड दिएका छन् । वैदेशिक स्रोतमा परनिर्भरता हटाउन स्वदेशी स्रोतको क्षमता बढाउनुपर्ने उनको भनाइ छ।

युवालाई आत्मनिर्भर बनाइने : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्