१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तरलता अभाव छैन : अर्थमन्त्री

अर्थमन्त्री  डा. युवराज खतिवडाले तरलता अभाव नरहेको दाबी गरेका छन्। शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले तरलता अभाव नरहेको दाबी गरेका हुन्।

व्यापारिक संरक्षणवादबाट जोगिन क्षेत्रीय सहकार्य आवश्यकः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थतन्त्रमा बेलाबखत देखा पर्ने तनाबहरुको असरको सामना नेपाल एक्लैले गर्न नसक्ने बताएका छन्। विश्वमा पछिल्लो समय देखा परिरहेको व्यापारमा संरक्षणवादी प्रवृतिको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको उनले औल्याएका छन्।

‘नेपाल जलवायु परिवर्तनको कारक होइन’

अर्थमन्त्री युवराज खतिवडाले नेपाल जलवायु परिवर्तनको कारक नभएको बताएका छन् । उनले विश्वको जनसंख्यामा नेपालको हिस्सा ०.३९ प्रतिशत रहेकामा जलवायु परिवर्तनमा हाम्रो हिस्सा ०.०२७ प्रतिशत रहेबाट नेपाल जलवायु परिवर्तनको कारक छैन भन्ने स्वतः प्रमाणित भएको दाबी गरे।

खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु-याउने उपाय सीमित भएको बताएका छन्।

बजेटरी प्रणाली खारेज गरौं : पूर्वअर्थमन्त्री पाण्डे

सतारुढ दलकै सांसदले सरकारको बजेटरी प्रणाली पारदर्शी नभएको भन्दै खारेज गर्न माग गरेका छन्। पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सांसद सुरेन्द्र पाण्डेले एलएमबिएस (लाइन मिनिस्ट्री बजेटरी सिस्टम) मा सम्बन्धित मन्त्रीले एकलौटी रुपमा आयोजना हाल्ने गरेको भन्दै उक्त प्रणाली खारेज गर्नुपर्ने बताएका हुन्।

धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्।

अर्थमन्त्रीले भने– ‘कर तिरेर सभ्य नागरिक बन्नुस्’

संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले राज्यले तोकेअनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका छन्। आइतबार सदरमुकाम मलंगवास्थित आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गतको करदाता सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री खतिवडाले राज्यले तोके अनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका हुन्।

तथ्यांकमा तजबिजी

मुलुकको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री युवराज खतिवडाले पाँच महिनाको अवधिमा मुलुकको अर्थतन्त्रबारे फरकफरक धारणा व्यक्त गरेर शंका पैदा गराउने काम गरेका छन् । अर्थमन्त्रीमा नियुक्तिको डेढ महिनापछि गत चैत १६ गते अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दै उनले मुलुक वित्तीयरुपमा टाट पल्टेको घोषणा गरेका थिए ।

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने : अर्थमन्त्री

विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

नेपालको आर्थिक विकासमा विश्व बैंकलाई सहयोग गर्न आग्रह

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको लक्ष्यमा सहयोग गर्न आग्रह गरेका छन्। विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाई वासिङ्टन डिसीमा‌ सम्वोधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे।

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ।

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने कार्यमा जिम्मेवार बन्न लेखापरीक्षकलाई निर्देशन दिएका छन्।

अर्थमन्त्री र गभर्नरबीच मतभेद

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको लागेको मौद्रिक नीतिका तीनवटा विषयमा अर्थमन्त्री युवराज खतिवडा र सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालबीच मतभेद देखिएको छ।

मूल्यवृद्धिसँग बजेटको साइनो छैन : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले बजेट र अहिलेको मूल्यवृद्धिबीच कुनै सम्बन्ध नभएको बताएका छन् । अहिलेको मूल्यवृद्धि ‘बजारमा बजेटबाट नकारात्मक असर परेको देखाउन गरिएको दुस्प्रयास’ मात्रै भएको उनले बताए ।

अर्थमन्त्री खतिवडाको कार्यकाल दुई वर्ष

राष्ट्रिय सभाको सदस्यको लागि भएको गोला प्रथामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको छ। खतिवडा तत्कालिन नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्