२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लाप्राकमा भूकम्प पीडितलाई घर छुट्याईयो

-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधिन बस्तीका भूकम्प पीडितहरुलाई चिट्ठा मार्फत घर छुट्याई दिएको छ। एनआरएनएसँग एक वर्षअघि घर निर्माण सम्बन्धी सम्झौता गरेका भुकम्प पीडित परिवारलाई चिट्ठा मार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो।

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

जुम्लाको गणेश आधारभूत प्रावि गिडिखोलामा नेपाली सेनाको भगवति दल गणले भूकम्प प्रतिरोध विद्यालय भवन निर्माण गरेको छ । तातोपानी गाउँपालिका ४ स्थित सो विद्यालय भवन जीर्ण बन्दै गएपछि नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो।

भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउने? | निर्माण गाइड

भूकम्पजस्तो विनाशकारी प्राकृतिक प्रकोपबाट बच्नका लागि सुरक्षित घर कसरी बनाउने भन्नेबारेमा बिस्तृत जानकारी

दोलखामा ४.६ रेक्टरको भूकम्प

दोलखामा शुक्रत्बार ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ।  जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्पछि पराकम्पन

पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशाली भूकम्पपछि बुधबार ६.० म्याग्निच्युडको पराकम्पन आएको छ। सोमबार आएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी ३१ भन्दाबढी व्यक्तिको मृत्यु भएपछि बुधबार ६.० म्याग्निच्युडको पराकम्पन आएको छ।

भूकम्पमा परी पपुवा न्युगिनीमा ३१ को मृत्यु

पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ। सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ।

पुपुवा न्यु गिनी र जापानमा भूकम्प

पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पले क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

बासखर्क आधारभूत विद्यालयको कक्षा ८ मा पढ्दै गरेका टेकेन्द्र तामाङ खुसी मुद्रामा छन्। नयाँ भवनमा पढ्न पाउने भएसँगै टेकेन्द्र र उनका साथीहरु खुसी भएका हुन्।

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ।

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो।

भूकम्पले भत्किएको विद्यालय जापानले बनाइदिने

महाभूकम्प पछि क्षती पुगेको गोरखाको सरस्वती शान्ति विद्यालयको भवन जापानले बनाइदिने भएको छ। आरुपोखरीमा रहेको विद्यालयको भवन भूकम्पले क्षती पुर्याएको थियो।

बुधबार बिहानै भूकम्पको धक्का महसुस

लामो समयपछि बुधबार बिहान २.३० मा काठमाडौबासीले भूकम्पको धक्का महसुस गरेका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ म्याग्रिच्यूडको पराकम्पनले महसुस गरिएको हो।

भूकम्प र पुनर्निर्माणको पारा

भूकम्प नेपालको हकमा टार्नै नसकिने तीतो यथार्थ हो । भनिन्छ– राजनीतिकरूपले नेपाल संवेदनशील छ, त्यस्तै भौगर्भिकरूपले पनि उत्तिकै चलायमान छ । पृथ्वीको बाहिरी तह जसलाई हामी लिथोस्पियर भन्छौँ र उक्त तह विभिन्न आठ ठूला प्लेट (भूखण्ड) मा विभक्त छ । ती निरन्तर गतिशील प्लेटहरूको आन्तरिक हलचल नै भूकम्पको मुख्य कारण हो । भूकम्पलाई कुन समय, कुन ठाउँ र कति मात्राको भनेर एकिनसाथ भविष्यवाणी गर्न सकिएको छैन तर कतिपय मापनयन्त्र तथा अनुसन्धानबाट यसको जोखिमताको वर्गीकरण भने गर्ने गरिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

भारतमा भूकम्पको धक्का

भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्