८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जुवातास खेल्ने १३ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै घटनामा जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले यही बैशाख २८ गते साँझ काठमाडौं महानगरपालिका १ मैत्रीनगरस्थित पर्साका श्याम कुमार विकले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अबस्थामा नगद ११ हजार ६० सहित काठमाडौं चन्द्रागिरी नगरपालिकाका १५का नवराज विश्वकर्मासहित ४ जनालाई पक्राउ गरेको छ।

६ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले नगदसहित उनीलाई पक्राउ गरेको हाे।उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ ।

जुवातास खेल्ने ११ जना मुलपानीबाट पक्राउ

महानगरीय प्रहरीले जुवातास खेल्ने ११ जनालाई कागेश्वरी मनोहरा नगरपालिकाबाट नियन्त्रणमा लिएको छ।

विभिन्न आरोपमा ९ जना पक्राउ

प्रहरी पछिल्लो समय ठुलो परिमाणमा अवैध आगुऔषध कारोबारीलाई पक्राउ गर्न सक्रिय भएको छ। गत माघ २५ गते साढे १७ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको प्रहरीले शुक्रबार १२ किलो चरेश र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

पाँच लाख नगदसहित ठमेलबाट ७ जुवाडे पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले ५ लाख रुपैयाँसहित ७ जुवाडेलाई ठमेलबाट पक्राउ गरेको छ। सोमवार क्रिसमस इभको अवसर पारेर ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ। नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो।

होटल व्यवसायी संघका अध्यक्षसहित २२ जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा बुधवार राती निजगढ नगरपालिकाको सिगौलबाट होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना पक्राउ परेका छन्। ठूलो संख्यामा जुवा खेलिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो।

जुवाखालबाट रंगेहात समातिएका १५ जनाविरूद्ध कारवाही

पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ। आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो।

बसपार्कको पुल हाउसबाट १४ जुवाडे पक्राउ

जुम्लाको बसपार्क नजिकैको पुल हाउसमा जुवा खेल्दै गरेका १४ जना पक्राउ परेका छन्। जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार जुवाडेबाट २ लाख ५१ हजार रुपैयाँ जफत गरिएको छ।

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए।

मौलाउँदै जुवातास

करिब एक वर्ष अघि तत्कालिन प्रहरी प्रमुख (डिएसपी) अंगुर जिसीले जिल्लामा जुवातास नियन्त्रण अभियान चलाए। सोही बेला उनले ९० प्रतिशत भन्दा बढी जुवातास नियन्त्रण भयो। जुतातास नियन्त्रण अभियान वर्षदिन नपुग्दै जिल्लामा पुनः जुवातास मौलाउँदै गएको छ। जुवातास नियन्त्रणमा सरोकारवाला निकायले ध्यान नदिँदा जुवातास मौलाउँदै गएको हो।

प्रहरीको संरक्षणमा जुवातास

दसैंको मुखमा कैलालीको धनगढी, अत्तरिया, वलिया, चिसापानी लगायत बिभिन्न ठाउँमा प्रहरीको संरक्षणमा जुवातास खेलाइएको खुलासा भएको छ।

जुवातास नियन्त्रण अभियानमा जुम्ला प्रहरी

कर्णालीको सदरमुकाम खलंगा आसपासका विभिन्न जुवाखालवाट १२ जना भन्दा बढी जुवाडे प्रहरीले नियन्त्रणमा लिइएको छ।

जुवातास रोक्न प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय जुम्लाले यो हप्ता जुवा खेल्ने १६ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिएको छ। ठूलो धनरासीमा जुवातास खेलिरहेको सूचना पाएपछि छापा प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो। पटक पटक प्रहरीको छापाले जुवाडे नियन्त्रणमा पर्न थालेपछि जुवा खेल्ने क्रम सदरमुकाम कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्