पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का
क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो निर्णयले पाकिस्तानलाई एक्लाएर उपेक्षत्रीय नेतृत्व लिने नरेन्द्र मोदी सरकारको रणनीतिलाई धक्का पुगेको छ।