१० आश्विन २०८१ बिहीबार
image/svg+xml

अमेरिका–चीन व्यापार वार्ता साङ्घाईमा शुरु

एक वर्षदेखि जारी अमेरिका–चीन 'व्यापार युद्ध'को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता साङ्घाईमा बुधबार पुनः शुरु भएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ।

ली फङको अन्त्यष्टि

चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता  स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्यष्टि गरिएको छ।

विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहारः चीन

अमेरिकाद्वारा चीनलाई विश्व व्यापार संगठन (डब्लुटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ।

तिब्बतले खन्न सघाउने

नेपाल सरकारले औपचारिक पहल गरे तिब्बतको रिउ प्रशासनले ओलाङ्चुङगोलाबाट लेलेपतर्फको सडकको ट्रयाक खोल्न सघाउने संकेत गरेको छ।

चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फर्काइयाे

चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ ।

नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।

चीनमा बिचल्लीमा परेका ४४ महिला फर्किदै

चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन्। चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन्

मेचीनगरको बजेट एक अर्ब ४२ करोड

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो। असार १० गते सुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्रमुख मीना उप्रेतीले बताए।

छिमेकी मुलुकसँग सैन्य साझेदारी

चीनले आफ्ना विभिन्न १७ छिमेकी मुलुकसँग सूचना आदानप्रदानका लागि सुरक्षा र रक्षा परामर्श तथा बैठक संयन्त्र निर्माण गरिएको जनाएको छ।

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ। बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ।

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१  बर्षका थिए।

शारीरिक सुगठन टोली चीन जाने

नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ।

प्रदेश सरकारको अर्को टोली फेरि चीन जाने

आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी चीन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भदौ १० गतेदेखि १६ गतेसम्म चीनको गान्सु प्रान्तको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा जाने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्