१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा एक लाख ८३ हजार पाँच सय निजी विद्यालय

चीन- चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ।
 
सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन्।

देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ। चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको यो तथ्याङ्क सन् २०१८ सम्मको मात्रै हो।

निजी विद्यालयहरुमा ५ करोड ३० लाख ७८ हजार विद्यार्थीले पढ्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ। सन् २०१७ को तुलनामा सन् २०१८ मा ५.०३ प्रतिशत विद्यार्थी बढेको अधिकारीहरुले जानकारी दिएका छन्। सिन्ह्वा

प्रकाशित: ११ श्रावण २०७६ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App