१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

काठमाडौंमै प्रदेशसभाको बैठक गर्ने तयारी

अस्थायी राजधानी तोक्दा विवाद बढ्ने देखिएपछि सरकारले काठमाडौंमै सात प्रदेशसभाका सदस्यको शपथ ग्रहण गराउने तयारी गरेको छ । सरकारले काठमाडौंका सात छुट्टाछुट्टै ठाउँमा प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।

अस्थायी राजधानीसमेत नतोकिँदा प्रदेशसभा सांसद अलमलमा

दोस्रो चरणको प्रदेशसभा सदस्यको निर्वाचन भएको शुक्रबार ठीक एक महिना हुँदैछ । तर प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष्यमा निर्वाचित ३ सय ३० प्रदेशसभा सदस्य भने सपथ ग्रहण नहुँदा र अस्थायी राजधानी नतोकिदा  अलमलमा परेका छन्।

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ५७ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

स्याङजा प्रदेशसभा १ ‘ख’ मा मिनप्रसाद गुरुङ विजयी

निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङ २० हजार २ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्दी तुलसी गिरीले १४ हजार ५ सय १० मत ल्याए ।

प्रदेशसभा १ ‘क’ दीपक थापा निर्वाचित

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट वामगठबन्धनका उम्मेदवार दीपक थापा निर्वाचित एका छन् । माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएका थापाले निर्वतमान सांसद कमल प्रसाद पंगेनीलाई २ हजार ७ सय २६ मतान्तरले पछाडी पार्दै जित हात परेका हुन् । पंगेनी नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति समेत हुन् ।

मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक

मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ।  प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

पाल्पा प्रदेशसभा १ ‘ख’मा आचार्य विजयी

नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य विजयी बनेका छन् । प्रदेशसभा १ (२) बाट वामगठबन्धनका तर्फबाट आचार्य १४ हजार ४ सय ६६ मत सहित विजयी बनेका हुन्।

खोटाङ प्रदेशसभा (क) मा वाम गठबन्धनका राजन बिजयी

खोटाङमा प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेद्वार बिजयी भएका छन्। शनिबार साँझ सम्पन्न मत परिणाम अनुशार वाम गठबन्धन (एमाले)का उम्मेद्वार राजन राई १८ हजार ९३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् ।

बाँके प्रदेशसभा २ मा सुरेन्द्र हमाल विजयी

बाँके क्षेत्र नम्बर २ को  प्रदेशसभा २मा नेपाली काँग्रेसका सुरेन्द्र कुमार हमाल विजयी भएका छन्। लोकतान्त्रिक गठबन्धनका उनले ९२११ मतसहित विजय हासिल गरेका हुन्।

धादिङ प्रदेशसभा २ 'ख' मा माओवादी केन्द्रका जगत सिंम्खडा विजयी

धादिङ क्षेत्र नम्बर २ को प्रदेशसभा 'ख' मा माओवादी केन्द्रका जगत सिंम्खडा विजयी भएका छन्। सिंम्खडाले १७ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।

म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख) मा एमाले विजयी

म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन् ।

मनाङमा प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मानाङ्गे र घले विजयी

हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेशसभातर्फ यस्तो छ काठमाडौंको एक्जीट पोल

काठमाडौं- प्रदेश सभा निर्वाचनको लागि काठमाडौंमा गरिएको एक्जीट पोलले यस्तो देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्