२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल प्रहरी र विद्युत् प्राधिकरणबीच समझदारी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न एमओयू हुनु महत्वपूर्ण कोसेढुंगा भएको बताए।

शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ

प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।

निष्ठाका प्रतीक

किसुनजीको कथन थियो– प्रदीप गिरीबाहेक २०५ सबै सांसदलाई पद चाहिएको छ र प्रधानमंत्री शेरबहादुर देउवाले मंत्री ‘अफर’ गर्दा पनि स्वीकार नगरेका प्रसंगले पनि उनको राजनीति यात्रा निस्वार्थ रहेको बुझ्न सकिन्छ।

वरीयता सुधार्दै विश्वकप खेल्ने लक्ष्य

‘नोभेम्बर १५ सम्ममा विश्ववरीयताको शीर्ष १२ मा रह्यो भने नेपालले स्वतः विश्वकपको टिकट पक्का गर्नेछ। त्यसैले खेलाडीहरूले यसबारे अहिलेबाटै मानसिक रूपमा तयार रहनुपर्‍यो।’

उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड

कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारदेखि सरकारको सम्बन्धलाई अब जनतादेखि जनतासम्म पुर्‍याउन खाँचो रहेको औँल्याए।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणा पत्र, पार्टी संयोजन समिति गठन गर्ने सहमति

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने, पार्टी एकता संयोजन समिति गठन गर्ने, माओवादी केन्द्रको अर्को नाम राख्ने र गठबन्धन कायम राख्ने सहमति भएको हो।

भारतमा जीप दुर्घटनामा १० नेपाली घाइते

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्।

अध्यक्ष दाहाल र नेपालबीच आगामी निर्वाचन तयारीबारे छलफल

दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो। यस्तै, आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

'न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,' कामु प्रन्यायाधीश कार्कीले भने, 'सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ।'

प्रतिनिधिसभामा नेता गिरीको शोक प्रस्ताव पारित

गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

ग्लोबल चेन्ज मेकर्स अवार्डद्वारा ३० जना सम्मानीत

उनीहरूको यो काम विश्वभरका युवाहरूलाई प्ररणा र थप उर्जामिल्ने भएकाले आगामी दिनहरुमा पनि युवाहरुको आवाज र ट्यालेन्ट बाहिर ल्याउनु नै कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष घिमिरेले बताइन्।

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ।

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ।

गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।

‘विद्यार्थी आन्दोलनलाई फरक ढंगले अगाडि बढाउनुपर्छ’

अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको आन्दोलनलाई फरक ढंगले अगाडि बढाउँदै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विद्यार्थी नेताहरूले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्