२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुर्खेतमा ‘बन्द’ भएनन् विद्यालय

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यकर्ताको हत्या विरोधमा सोमबार देशभर बन्दको आह्वान ग-यो। बन्दको पूर्व सन्ध्यामा राजधानी काठमाडौंसहित विभिन्न जिल्लाहरुमा हिंसात्मक घटनाहरु भए।

सैनिक जवान हत्याका प्रतिवादी पक्राउ

बिदामा घर आएका सैनिक जवानलाई कुटपिट गरि हत्या गर्नमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी–४ स्थित तेनुवापट्टी गाउँका ३८ वर्षिय मंगल साह रहेका छन्।

हुरी पीडितको लागि सेनाले बनायो नमूना घर

सेनाले हुरी पीडितको लागि  नमून घर निर्माण गर्न सफल भएको छ। पुनर्निर्माण गरिने घरहरुको बारेमा हुरी पीडित परिवार र निर्माण कार्यमा खटेका सेनाका टोलीलाई जानकारी दिनको लागि पहिला तीन स्थानमा तीन वटा नमूना घर निर्माण गरिएको सेनाले जनाएको छ।

आन्दोलनमा साथ दिन सबै पत्रकारलाई आचार्यको आग्रह

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन्।

ड्युटीमा खटिएकी असईमाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारवाहीको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्कालाई आगो लगाएर हत्या गर्न खोज्नेलाई कारवाही गर्न माग गरेको हो।

सेनाभित्र भ्रष्टप्रति कठोर नीति

नेपाली सेनाले आर्थिक अनियमितता गरेको भन्दै हालैमात्र कालिसिद्धि गणका इन्जिनियर प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेको छ। कार्कीले ४९ लाख २९ हजार ८८८ रुपैयाँ सरकारी रकम हिनामिना गरि सैनिक अनुशासन र आचरण उल्लंघन गरेको भन्दै छानबिनका लागि गत बैशाख २३ मा समरी जनरल सैनिक अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही चलाएको थियो।

गुटगत कार्यक्रममा सहभागी हुँदै केन्द्रीय प्रतिनिधि

‘म आज कार्यक्रममा नआएको भए पूर्व पार्टी सभापति छत्रध्वज बस्नेतसँग भेट हुने थिएन,’ नेपाली कांग्रेस सोलुखुम्बुको एउटा पक्षले शुक्रबार आयोजना गरेको जागरण अभियानमा केन्द्रीय प्रतिनिधि तथा कांग्रेस नेतृ कुमारी लक्ष्मी रार्ईले भनिन्।

कांग्रेसले तीन दिन गणतन्त्र दिवस मनाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस बनाउने निर्णय गरेको हो।

विप्लव कार्यकर्ताद्वारा ५ सवारी साधनमा आगजनी, जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्न निर्देशन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दकला क्रममा ५ वटा सवारी साधनमा आगजनी भएको छ।

घटेन गुटको दूरी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर मानिने केन्द्रीय समिति सदस्य श्यामकुमार घिमिरे वैशाख २५ देखि कैलालीका विभिन्न ठाउँमा जनजागरण अभियानमा सक्रिय छन्। उनलाई अभियानमा कैलाली जिल्ला प्रतिनिधिका रूपमा खटाइएको हो। सभापति देउवाले आफ्ना मान्छे मात्र खटाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफंै सूदुरपश्चिमको भ्रमण सुरु गरेका छन्। लमजुङ र सप्तरी जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि कमला पन्त र रामकृष्ण यादवलाई साथमा लिएर पौडेल मंगलबार सूदुरपश्चिम आएका छन्। पौडेलले सूदुरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यतालिका छ।

नौबिसे र महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

धादिङको नौबिसे र महादेबबेसीमा बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । बम महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिए ।

विप्लव समूह र सरकारलाई कांग्रेसले भन्यो– वार्ताबाट समाधान खोज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वार्ता र सम्वादमा आउन नेत्रविक्रम चन्द (विप्लव) समूह र नेकपा नेतृत्वको कम्युनिस्ट सरकारलाई आग्रह गरेको छ। आइतबार राजधानीमा भएको बम आतंकपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर हिंसाको राजनीति परित्याग गर्न र सम्वादबाट समाधान खोज्न दुबै पक्षलाई अपिल गरेका छन्।

ओली सरकार जनताप्रति अनुदार बन्यो : खाँड

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण  खाँणले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली सरकार अनुदार हुँदै गएको आरोप लगाएका छन्।

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ? (सूची)

प्रहरी प्रधान कार्यालय नक्सालले ४५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

मोदीले भनेः नेपालसँग मिलेर काम गर्न चाहन्छु

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) तथा उसको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले विजय हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी बधाइ दिएका छन्। आइतबार दिउँसो उनले मोदीलाई फोन गरी बधाई दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्