२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

काँग्रेसलाई क्यान्सर हैन, जण्डिस भएको होः नेता केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हाल नेपाली काँग्रेस पार्टीलाई जण्डिस भएको बताएका छन्। काँग्रेसका सिन्धुली जिल्ला तहका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसलाई क्यान्सर भएको र त्यसको उपचार खोज्न सुझाएपछि सम्बोधनका क्रममा नेता केसीले काँग्रेसलाई अहिले जण्डिस भएको अवस्थामा रहेको बताए।

मैले हिरो बन्नलाई सेनामा सुधारको प्रयास थालेको होइनः प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सुदृढ बनाउन थप कठोर उपाय अवलम्बन गरिने बताएका छन्।  पदवहालीको एक वर्ष पुगेको अवसरमा जंगी अड्डामा विशेष सम्बोधन गर्दै थापाले आफ्नो कार्यकालमा सेनालाई आधुनिक बाटोमा हिँडाएरै छाड्ने प्रतिबद्धता जनाए। थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि सुधारका कार्यक्रम अघि नबढाइएको स्पष्ट पारे।

'डेंगीले महामारी लिइसक्यो, कुम्भकर्ण सरकार निन्द्राबाट ब्युँझिएन'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगीको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ।

चितवन मेडिकल कलेज अगाडी झडप, चन्दसहित १५ विद्यार्थी पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० का छोरा प्रकाश चन्दसहित करिब १५ विद्यार्थी पक्राउ परेका छन्।

विप्लवका छोरा चन्द कलेजबाटै पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेजबाट पक्राउ परेको हुन्।

नेपाल चिनाउने वेबसाइट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबारे पर्याप्त जानकारी दिने डिजिटल माध्यमको आवश्यकता बढेको जनाएका छन्।

‘सेनाभित्रको क्यान्सर निर्मूल पार्छु’

प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र रहेका भ्रष्टाचार र अनियमितता जस्ता गतिविधिप्रति कठोर ढंगले प्रस्तुत हुने बताएका छन्। मंगलबार प्रधानसेनापतिका रुपमा नेतृत्व सम्हालेको एक वर्षको अवधिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेनामा व्याप्त भ्रष्टाचार रुपि क्यान्सरलाई पूर्णरुपमा फ्याँकेर मात्र नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। ‘संगठनभित्र क्यान्सरका रुपमा रहेका अवशेषले संगठनलाई दीर्घकालसम्म असर पु¥याउँछ। त्यसैले समयमै उपचार गर्नुपर्छ,’ उनले भने। क्यान्सर रुपि त्यस्ता अवशेषलाई औषधिले काम नगर्ने भएकाले त्यसलाई सर्जरी नै गर्नुपर्ने उनको भनाइ थियो।

‘कम्युनिस्ट सरकारले लुटतन्त्र मच्चायो’

नेपाली कांग्रेसका शीर्ष नेताले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०६ आंै जन्मजयन्ती तथा पार्टीकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको मंगलबार सुरुवात गर्दै शीर्ष नेताहरूले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने समय आउन लागेको बताए।

हृदयेश त्रिपाठीको समूहको भेला, संगठन विस्तार गर्ने

नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरण प्रक्रिया रोकिएपछि हृदयश त्रिपाठी, बृजेश गुप्तालगायत समूहले देशभर संगठन विस्तार गर्ने घोषणा गरेको छ। उक्त समूहले भविष्यमा छुट्टै पार्टी गठन गर्ने संकेत पनि गरेको छ। समूहले मंगलबार काठमाडौंमा भेला गरेको थियो। भेलामा २६ नेताको उपस्थिति थियो।

नेपाल-मलेसियाकाे संयुक्त बैठक सुरू, दुवै देश आफ्नै अडानमा

मलेसिया रोजगारमा देखिएको गाँठो फुकाउन बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको पहिलो दिनको बैठक निष्कर्षविहीन बनेकाे छ। दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारी आफ्नो अडानबाट टसमस नभएपछि पहिलो दिनको बैठक भोलि पुनः बस्ने गरी सम्पन्न भएकाे हाे।

विपिको जन्मजयन्तीमा शशांकले कार्यकर्तालाई भनेः ठूलो मान्छे हैन, असल मान्छे बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरी देश र जनताको पक्षमा एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन्।

पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो।

चाइनिज ताइपेइविरुद्ध नेपाल विजयी

फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले ताइनिज ताइपेईविरुद्ध दुइ गोल गर्दै जित हासिल गरेको छ। मंगलबार ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलले जित हासिल गरेको हो।

सत्यमोहन जोशीको फोटो अंकित सिक्का सार्वजनिक

नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ।

चिनियाँ विदेशमन्त्रीसँग देउवाले स्मरण गरे जियाङ जमिनको त्यो भ्रमण...

तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्