२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

उपभोक्ता हकहितमा, उपभोक्ता जागरण अभियान

स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको बेला वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ।

पर्यटन बोर्डका सिइओलाई स्पष्टीकरण दिन निर्देशन

पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले सिइओ रेग्मीले निर्माण तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरीत आर्थिक हानि–नोक्सानी पुर्‍याएको ठहर गरेको छ।

‘बेलायतसँग व्यापार सम्झौता प्राथमिकता’

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए।

कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बनाउने तयारी

सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रले चार मन्त्रालयमा दाबी गर्दै आएको छ। समाजवादीले वैशाख २ गतेको सहमतिअनुसार आफूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। सत्ताको नेतृत्व गरिरहेको कांग्रे माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर बाँकी रहने दुई मन्त्रालय आफू राख्न चाहन्छ।

श्रीनिवास फिल्डिङ प्रशिक्षक

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।

एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

सत्ता गठबन्धनको शनिबार साँझ बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलसहित चार दलका शीर्ष नेताको अलग्गै बैठक बालुवाटारमा बसेको थियो। त्यसक्रममा एमसिसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले नेताहरूलाई चाँडो निर्णय दिन आग्रह गरेका थिए।

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३ सय छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७ सय थियो।

नेपालमा राजनीतिबाट समृद्धि सम्भव छैनः खनाल

पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन्। कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन्।

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए।

कार्की फ्रान्स जाँदै

त्यहाँ हुने १९औं आइएसएफ जिम्नासाइड स्कुल समर गेम्सको भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापनलगायत पक्षको निरीक्षण गर्न कार्की फ्रान्स जान लागेका हुन्।

कांग्रेसले बनायो कार्यसम्पादन समिति

केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठनका लागि नाम प्रस्ताव गरेका थिए।

संक्रमणदर घट्दै

शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्।

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो।

माइस पर्यटनमा अबको बाटो

काठमाडौँलाई अन्तर्राष्ट्रिय स्तरको सभा/सम्मेलन केन्द्र, पर्यटकीय बजारलाई हाम्रा सम्पदाबारे साझा थलोबाट विश्वमाझ पस्कने स्वर्ण अवसरबाट हामी चुकिरहेका छौँ।

डेढ अर्बमा मौलाकालिका केबलकार र तारे होटल

डेढ अर्ब लगानीमा गैंडाकोटको मौलाकालिका केबलकार र तारे होटल निर्माण सुरु गरेको आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना लिएर अघि बढेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्