२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गुरागाईंले पूरा गरे प्रशिक्षक कोर्स

तेक्वान्दो प्रशिक्षणमा लाग्ने उद्देश्यले आफूले प्रशिक्षक कोर्स गरेको उनको भनाइ छ। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडीसमेत हुन्। तेस्रो डान प्राप्त खेलाडी उज्ज्वलले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन्।

विदेशमा अनुमान गरिएभन्दा थोरै नेपाली

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म भारतबाहेकका मुलुकमा रोजगारीका लागि जान भन्दै करिब ५५ लाखले श्रम स्वीकृति लिएका छन्। कतिपय व्यक्ति श्रम स्वीकृति नलिई पनि वैदेशिक रोजगारीमा चोरीको बाटो हुँदै जाने गरेका छन्।

बैंकर्स सङ्घको आग्रह

वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ।

सुनको मूल्य बढ्योः चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको छ।

मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली

नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडी लगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।

नागरिक उड्डयन प्राधिकरण निमित्तको भरमा

प्राधिकरणको ऐनअनुसार चार वर्षे कार्यकालका लागि सर्वाेच्चमा निवेदन दिएका क्षेत्रीले पूरै कार्यकाल पाउनुपर्ने दाबी गर्दै आएका छन्। महानिर्देशक पद चार वर्ष हुने प्रावधानअनुसार आफूले पूरा कार्यकाल पाउनुपर्ने उनको दाबी रहेको छ।

एनआरएनमा नवनिर्वाचित एनसिसीबाट प्रतिनिधि माग

एनआरएनमा देखिएको विवाद समाधान गरी महाधिवेशन र चुनाव गराउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय बनिसकेको छ। समितिले प्रतिनिधि विवाद समाधान गरी गत अक्टोबर महिनामा तोकिएको दसौँ महाधिवेशन एवं चुनाव गराउने जिम्मवारी पाएको छ।

निगमले आइओसीलाई पठायो १३ अर्ब

निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। निगमले सोमबार आइओसीलाई १३ अर्ब २० करोड पठाएको छ।

‘वैदेशिक रोजगारीको सुधारमा राजनीतिक दलको भूमिका आवश्यक’

श्रम आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेलले राजनीतिक दलहरूको चासोबिना वैदेशिक रोजगारीको क्षेत्रमा सुधार हुन गाह्रो भइरहेको बताए।

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

टिमुरे सुक्खा बन्दरगाहको काम २० प्रतिशत पूरा

विकास समितिका प्राविधिकले कामको सहजीकरण गरिरहेको बताइन्छ। निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने साइट इञ्चार्ज इञ्जिनियर शोभाकान्त राउतले जानकारी दिए।

वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८–७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ।

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

हिमालयनलाई रोक्दै पुलिस क्वार्टरफाइनलमा

खेलको ५३औं मिनेटमा पुलिसले अग्रता लियो। तीर्थ रानामगरले मैदानको दायाँ साइडबाट दिएको क्रसलाई नीरकुमार राईले जाली चुमाए। विपक्षी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा उनले बायाँ साइड च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।

चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक

विभागले मन्त्रालयमा रिपोर्ट बुझाएको १ वर्ष पूरा भइसकेको छ। तर मन्त्रालयले यसलाई सार्वजनिक गर्न पहल गरेको छैन। विभागका सूचना अधिकारी दामोदर ढकालले चुच्चे नक्सा अनुसार क्षेत्रफल मापन गर्न मन्त्रालयबाट विभागलाई निर्देशन आएको र उक्त निर्देशनअनुसार क्षेत्रफल मापन गर्ने जिम्मेवारी विभागले पूरा गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्