२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

चोभारको सुक्खा बन्दरगाह सञ्चालन अन्योलमा

सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।

भेटघाट तथा छलफललाई नाडाको तीव्रता

नेपाल अटो मोबाइल एसोसिएसन (नाडा) का अध्यक्ष ध्रुव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँगको भेटमा मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड कार्यान्वयनबारे छलफल गरेको छ।

पर्यटनमन्त्री आलेसहित नौ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।

स्रोत नखुलेको ७० लाख नगदसहित एक जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। संक्रमित २९ हजार ११७ जनाको होम आइसोलेसन र ११ सय २४ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २४२ जना आइसियु र ४२ जना भेन्टिलेटरमा छन्।

कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो।

भारतको सिमलाबाट बेचिएकी महिलाको उद्धार

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ।

एमसीसीले अगाडि बढाएका प्रसारण लाइन काठमाडौं उपत्यकाका लागि किन झनै महत्वपूर्ण छ?

नेपालको हालसम्मै ठूलो केवलकार परियोजना अगाडि बढाउन लागेका उद्यमी एवम् विश्लेषक अरुणकुमार सुवेदीका अनुसार काठमाडौं उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी रहेको बताउँछन्।

कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो।

स्थानीय सरकार छनोटमा सावधानी

गठबन्धन सहयोगी नेताहरूको भूमिकाबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई सजिलो भएको छैन। यो स्थितिमा उनले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेर लोकतन्त्रको साख बचाएका छन्।

पूर्व खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग

नेपाल ब्याडमिन्टन संघले अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पूर्वखेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ।

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गरेको हो।

नेकपा (एकीकृत समाजवादी) द्वारा निर्वाचन मिति घोषणाको स्वागत

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।

कोरोना संक्रमण दर १३.८ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा तेस्रो लहरयता मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ।कोरोनावाट मृत्यु हुनको कुल संख्या ११ हजार ८ सय ३८ पुगेका छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्