दलहरुबीचको तित्तता हट्यो, तीनवटै निर्वाचन हुन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे।
प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे।
बस्टन (अमेरिका)-संयुक्त राज्य अमेरिकालाई बाहिरबाट हेर्नेले समान अवसर र समानताको देश भनेर बुझ्छन्। तर नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावी मुद्दाहरूले यो बुझाइलाई खण्डित गर्छन्। चुनावी एउटा मुद्दा छ– समान कामका लागि महिला र पुरुष दुवैलाई समान ज्याला उपलब्ध गराउने।
यस निर्वाचनबाट भाग्नु भनेको पारदर्शिता, जवाफदेहिता, सुशासन र विकासलाई लखेट्नु हो । जनप्रतिनिधि छान्न र छानिन नपाउनु संवैधानिक अधिकार र मानव अधिकारका आधारभूत मूल्य र मान्यतामाथिको दनक हो ।
निर्वाचनसम्बन्धी कानुनमा 'थ्रेसहोल्ड' राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ''थ्रेसहोल्ड'' राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्।
व्यवस्थापिका-संसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
बुटवल- आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।
मुम्वई (भारत)- उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधीले नेपाल र भारतबीचको सम्वन्ध अतिद्धिय रहेको भन्दै दुई देशबीच कसैले फाटो ल्याउन नसक्ने दावी गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले भारतसँग मात्रै नभएर नेपाली–नेपाली फुटाउने षड्यन्त्र गरेको आरोप पनि लगाए।
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले विजयादशमीको शुभअवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व र स्थिरता कायम राख्न निर्धारित समयमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्। ‘हाम्रो मित्र युवा समूह’ नामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् वा प्रतिनिधिसभाको निर्वाचनपछि देशले विकास र समृद्धिको बाटो लिने विश्वास व्यक्त गर्दै अब हुने चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने गरी तयारीमा लाग्न आग्रह गरे।
भक्तपुर-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन्।
नेपाली कांग्रेसले निर्वाचनसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ। संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार पार्टी पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको छलफलले विधेयकमाथि संशोधन हाल्नुपर्ने निष्कर्ष निकालेको हो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकलाई संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगकी निर्वाचन आयुक्त इला शर्माको भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह हुने भएको छ। भारतीय पत्रिका इन्डियन एक्सप्रेस तथा टेलिग्राफले शर्मा र कुरैसी यसैहप्ता विवाह बन्धनमा बाधिन लागेको बताएका छन्।
राजनीतिक विवादका कारण सरकारले संवैधानिक आयोगलाई पूर्णता दिन सकेको छैन। आगामी माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता बोकेको निर्वाचन आयोग अझैसम्म अपूरो छ। कानुन नबन्दा संविधानले तोकेका अन्य नयाँ संवैधानिक आयोग गठन हुन सकेका छैनन्।