५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनसम्बन्धी विधेयक समितिमा

काठमाडौं- व्यवस्थापिका-संसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।  

स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् । ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिएकी छन्।  

जनक विश्वविद्यालय विधेयक 

शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गरेका ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ। 

त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ । रासस 

प्रकाशित: ३० आश्विन २०७३ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App