१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मोदी जीतबाट सिक्ने कुरा

भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन् । देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन।

मोदीको पुनरागमन र नेपाल

भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि एकल बहुमतको सरकार बनाउन सफल भएका भारतीय जनता पार्टीका नरेन्द्र दामोदर दास मोदीले भाजपाको इतिहास रचेका छन्। भाजपाका तर्फबाट अटल विहारी वाजपेयीले सन् १९६६ मा जम्मा १३ दिन र सन् १९९८ देखि २००४ सम्म सरकार चलाएका भए पनि त्यो सहज बहुमतको सरकार थिएन। जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंह जस्तै कार्यकाल दोहो¥याउने भारतीय प्रधानमन्त्रीको सूचीमा नरेन्द्र मोदीले आफूलाई उभ्याउनु भाजपाका लागि सुखद पक्ष हो।

राहुललाई राजीनामा फिर्ता लिन दबाब

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुन गान्धीमाथि राजीनामा नदिन पार्टीभित्रैबाट दबाब परेको छ। दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा राहुललाई राजीनामा फिर्ता लिन दबाब आएको हो।

राजनीतिक भक्तिले तानाशाह जन्माउँछ

मोदीको निरंकुश अभियानको समर्थन भारतीय संविधानको केन्द्रीकृत प्रावधान हो। सन् १९५० मा जारी संविधानमा धेरैजस्तो निरंकुशता बेलायती संविधानबाटै बलपूर्वक समावेश गरिएको छ। संविधनमा कुख्यात रहेको १८७० राष्ट्रद्रोह कानुन पनि समावेश छ।

राहुल गान्धीले माफी मागे

भारतीय विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले देशको सर्वोच्च अदालतसमक्ष ‘बिनाशर्त माफी’ मागेका छन्। राफल जेट सम्झौताबारे सर्वोच्च अदालतले गरेको फैसलाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रष्ट पुष्टि भएको भनेको भन्ने विवरणलाई साभार गर्दै गान्धीले एउटा चुनावी कार्यक्रममा बोलेका थिए।

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन्।

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्। न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए।

भारत लोकसभा निर्वाचन : रोजगारीमा महिलालाई एक तिहाई  आरक्षण दिने कंग्रेसको प्रतिबद्धता

आफू शक्तिमा आए संघीय सरकारले उपलब्ध गराउने रोजगारीमा एक तिहाई महिला आरक्षण सुनिश्चित गराउने भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले जनाएको छ ।

तस्बिरमा महात्मा गान्धी

नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा बिहीबारबाट महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो।

‘राहुल झुटको नायक’

भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवं बिजेपी नेता शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन्। गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ।

प्रियंका गान्धी सक्रिय राजनीतिमा

भारतको पुरानो दल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धी सक्रिय राजनीतिमा होमिएकी छन्। भारतमा आसन्न आम निर्वाचनको पूर्वसन्ध्यामा कंग्रेसले नेहरु–गान्धी परिवारबाट गान्धीलाई सक्रिय राजनीतिमा उत्रारेको हो।

संविधान निर्माणमा बाहिरी संलग्नता

नेपाल २००४ सालयता सरदर ९ वर्ष ७ महिना १० दिनका दरले करिब ६८ वर्षमा सातवटा संविधान फेर्ने मुलुक हो। २००४ सालको संविधान मूलतः श्री ३ पद्मशमशेर राणाको चाहना थियो। त्यसका निम्ति माघ २००३ मा ७ बुँदे प्रश्नावली बनाइ वितरण गरिएको थियो।प्रश्नावली भर्नेहरूले राजनीतिक र कानुनी  सुधार गर्नेतर्फ अनुदार रहेकार हतोत्साह प्रदर्शन गरेका देखिन्छ।

गान्धी, अम्बेडकर र पुना प्याक्ट

हजारौँ वर्षदेखि आध्यात्मिक फासीवादी संस्कृतिबाट त्रस्त दलित/बहुजनको जीवन अन्धकार युगमा बितिरहेको थियो। सन् १९२० को आसपास दलित/बहुजनलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको नेतृत्व प्राप्त भयो। सन् १९३० सम्म दलित/बहुजनको संघर्षलाई गान्धी र उनको दल कांग्रेसले अधिकतम उपेक्षा गरेको देखिन्छ। आधुनिक भारतको इतिहासमा १६ अगस्ट १९३२ दलित/बहुजनका लागि ऐतिहासिक दिन हो।

यसरी मनाइयो काठमाडौंमा गान्धी जयन्ती

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५० औं जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी व्यक्तित्व गान्धीको जन्मजयन्तीमा भारतीय राजदूतावासले मंगलबार साँझ राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गरी तस्बिर प्रस्तुत गरेको छ।

महात्मा गान्धीको अन्तिम दिन

आभा मुस्कुराइन् र भनिन्, 'आज तपाईको घडिले सोच्दै होला मेरो नजरअन्दाज गरियो।' महात्मा गान्धीले भने, 'मरो घडिको तर्फ किन हेरौं।' गान्धी फेरी गम्भिर बने, 'तिम्रो कारणले १० मिनेट ढिलो भइसक्यो। नर्सको कर्तव्य यस्तो हुन्छ जहाँ भगवान नै उपस्थित भए पनि आफ्नो काम छोड्न हुँदैन। प्रार्थना सभामा एक मिनेटको ढिलो पनि गलत हुन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्