‘कक्टेल’ मा सीमित बिम्स्टेक
काठमाडौँमा गएको साता अचम्मको संयोग जुर्याे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धी दुवै काठमाडौँ आए । प्रम मोदी बिम्स्टेकको सम्मेलनमा भाग लिन काठमाडौँमा थिए, उनले पशुपतिको दर्शन गरे । राहुल गान्धी मानसरोवर जानेक्रममा पशुपतिको दर्शन गर्न भ्याए।