अर्घाखाँचीमा भैरव नाच सुरु
अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ। नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ।
अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ। नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ।
नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ। निर्धारित तालिकाअनुसार अक्टोबर १ मा नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ।
कवि योन्जनले यस संग्रहमा तामाङ जातिका संस्कृति, मिथक र परम्परालाई आफ्नो कवितामा प्रविष्टि दिएका छन्। कवि सरल, सहज र सुबोध लाग्छन्। गीतिमयता उनको गुण हो। विम्ब र प्रतीकका झुन्ड कवितामा छैनन्।
पोखरालाई साहित्यिक वृत्तमा ‘मुक्तकको सहर’ भनेर पनि चिनिन्छ। तीसको दशकमा ‘टिकटमा मुक्तक’ कार्यक्रम आयोजना गरेर पोखराले मुक्तकलाई सिर्जना उत्सवका रूपमा मनाउन थालेको भेटिन्छ। त्यसैले पनि होला, पोखराको सुन्दरतामाथि मुक्तकीय सुन्दरता सुनमा सुगन्ध बनेर सजिएको छ साहित्यिक जगत्मा।
‘हामी बन्धक अनि असुरक्षित छौं। हामीसँग नेपाल फर्कन पैसा पनि छैन। फेरि एजेन्टलाई २० लाख रुपैयाँ चाहिन्छ रे। हामीसँग पैसा नभएकाले गाली मात्र गर्छन्। पैसा दिन नसकेको भनी जाम्बियनले शारीरिक–मानसिक यातना दिइरहेको छ। के गर्ने बुबा?’ छोराहरूको भनाइ उद्धृत गर्दै बुबाले भने।
त्यो अनजान सहरमा ऊसँग सबैभन्दा सुरक्षित महसुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको सबैभन्दा सुरक्षित स्थान र प्यारो मान्छेसँग थिएँ।
समग्र अध्ययन अनुसन्धान केन्द्र, नेपालको आयोजनामा संविधान दिवसका अवसरमा कमलविनायक, भक्तपुर स्थित रोम्बस कलेजमा साहित्य सञ्चार कार्यक्रमको पहिलो श्रृंखलामा छन्द कविता वाचन भएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ।
सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै दर्ता भएको रिट निवेदनमा एमिकस क्युरी (अदालतलाई राय दिने विज्ञ) मगाउने आदेश गरेको छ।
एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।
तीजका कार्यक्रम मनोरञ्जनात्मक मात्र होइन सन्देशमूलक र सामाजिक कार्यमा सहयोग पु¥याउने खालका हुँदै आएको सरोकारवालाले बताएका छन्।
कसैले आफ्नो मृत्युको वा दुर्घटनाको तयारी यसरी गर्ला त? केहीले गर्छन्। अचेल अमेरिकामा निकै चल्तीमा रहेको ‘इफ आई गो मिसिङ’ पडकास्टको लोकप्रियतासँगै युवतीहरूले यस्तो डायरी राख्न थालेका छन्।
आज भाद्र शुक्ल पक्ष चतुर्थी। गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउन गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदै छन।
घर माइतका क्रममा भोगेका सुखदुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ।
‘घरमा एक्लै छाडेर बुढा बाबाआमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरू आइतबार यो गीत गाउँदै नाचिरहेका थिए। उनीहरूले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो।