२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

पहिलाे हाफमा अायाेजक रुस बराबरीमा राेकियाे

क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेलमा आयोजक रुसले पहिलो हाफको खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको छ।

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? रुसले क्रोएसियालाई घर पठाउला? (भिडियो)

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? आयोजक रुसले क्रोएसियालाई घर पठाउला? खेल पूर्वको समिक्षाकाे भिडियो सामग्री हेर्नुहोस् ।रुस विश्वकप २०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।

युरोप, चीन, रुस र इरानबीचको बैठक आज

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले मे महिनामा हात झिक्ने निर्णय गरेपछि उक्त सम्झौतालाई कसरी जीवित राख्ने भन्नेबारे चीन, फ्रान्स, जर्मनी, बेलायत र रुसका विदेशमन्त्रीहरुले इरानी अधिकारीहरुसँग अस्ट्रियाको राजधानी भियनामा शुक्रबार भेट गर्दै छन्।

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ।

क्रुसको निर्णायक गोलमा जर्मनीको आशा जीवितै

पहिलो हाफमा एक शुन्यले पछि परेको अवस्था उल्ट्याउँदै पूर्व विश्वविजेता जर्मनीले स्विडेन विरुद्धको खेलमा जित हात पारेको छ ।

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन्। चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु।’

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ।

रुसी हतियार ल्याए कतारमाथि सैन्य आक्रमण गर्ने साउदीको चेतावनी

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ।

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पगेका छन्। उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने बताइएको छ।

रुसको संसदमा सम्बोधन गर्न मार्क जुकरबर्गलाई निम्ताे

रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ।

रुसी पत्रकारको निवासमै गोली हानी हत्या

रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या गरिएकाे छ । उनी युक्रेनको किभमा कार्यरत थिए। उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य भएकाे अवस्थामा उनलाई फेला पारेकी थिइन् ।

सिरियामा अवरोध छैनः रुस

सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्