मस्काे - रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या गरिएकाे छ । उनी युक्रेनको किभमा कार्यरत थिए। उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य भएकाे अवस्थामा उनलाई फेला पारेकी थिइन् ।
निवास बाहिर रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात समूहले गाेली हानी उनकाे हत्या गरिएकाे सुरक्षाकर्मीको दाबी छ।घटनालगत्तै उपचारका अस्पताल लैजाने क्रममा एम्बुलेन्समै उनको निधन भएको हो । रुसको सैनिक विमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले गरेका थिए ।
उनी युद्धसम्बन्धी समाचार संवाददाता हुन् । पछिल्लो समय उनी युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए । रुसका दक्ष पत्रकारको रुपमा उनी परिचित थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको अधिकारीहरुले बताएका छन्।
प्रकाशित: १६ जेष्ठ २०७५ ०२:४९ बुधबार