२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पहिलाे हाफमा अायाेजक रुस बराबरीमा राेकियाे

काठमाडाैं - क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेलमा आयोजक रुसले पहिलो हाफको खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको छ।

रुसको फिस्ट रङ्गशालामा जारी खेलको पहिलो हाफको ३१ औं मिनेटमा डेनिस चेरीसेभको गोल मार्फत अग्रता बनाएको आयोजक रुस डिफेन्डरको कमजोर प्रदर्शनमा ३९ औं  मिनेटमा बराबरी गोल खान पुग्यो।

चेरीसेभले डिजुबाको पासमा डि बक्स वाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलरक्षकलाई कुनै मौका नै नदिइ गोलमा परिणत हुँदा आयोजक रुसले खेलमा अग्रता बनाएको थियो। तर पहिलो हाफ सकिन करिब ६ मिनेट बाँकी रहँदा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै मारियो मान्डुकिचको सहयोगमा एन्ड्रेज क्रेमारिचले गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफको खेलमा १-१ को बराबरीमा पुर्याउन सफल भए।

याे खेलकाे विजेताले सेमिफाइनलमा इंग्ल्याण्डकाे सामना गर्नेछ।

 

प्रकाशित: २३ असार २०७५ १८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App