२० आश्विन २०८१ आइतबार
image/svg+xml

आयल निगमको घाटा दैनिक ३५ करोड

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको छ। कच्चा तेलको मूल्य बढ्दा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ।

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि मस्को क्रुद्ध

युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो। बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ।

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासँगको सम्बन्धमा तनाव आए पनि यो महिनाको अन्त्यमा अमेरिकी अन्तरिक्षयात्री हेई रुसी यानबाट फर्कने योजनामा कुनै परिवर्तन नभएको नासाले जनाएको छ।

युक्रेन युद्ध र नेपाल

केही समय अघि मात्र युक्रेनमा हमला गर्नुअगाडि राष्ट्रपति पुटिनले युरोपको सुरक्षा संरचनामा १९९० मा जे थियो त्यही कायम हुनुपर्छ भन्ने माग पनि राखे। यो कुरालाई पश्चिमा देशहरूले हाँसेर उडाइदिएका छन्। २०१४ मा क्रिमिया हमला यसैको उपज हो।

युक्रेन लडाइँमा पेलिँदै विकासशील देशहरू

नाकैमा आएर ठोकिएको सबभन्दा टड्कारो समस्या भनेको तेलको मूल्यमा वृद्धि हो। मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य हालै २० प्रतिशतले बढेको छ। अहिले त्यसको मूल्य प्रतिब्यारल १३९ अमेरिकी डलर नाघेको छ। सन् २००८ यता कच्चा तेलको मूल्य यति माथि उकालो लागेको यो पहिलो पटक हो।

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनौं घाइते

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए।

वार्ताबीच पनि रुसद्वारा युक्रेनमाथि निरन्तर आक्रमण

यसपटकको वार्तामा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका छन्। रुसले अघिल्लोपटक जस्तो यसपटक अल्टिमेटम दिने वा आत्मसमर्पणका लागि चेनावनी दिनेभन्दा पनि रचनात्मक ढंगले वार्ता गरिरहेको उनले बताए।

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन-रुस युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन्।

शरणार्थी बने २५ लाख युक्रेनी

राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका नागरिक रहेको जानकारी दिएका छन्। उनका अनुसार थप २० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन्।

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

अचाक्ली बढ्यो महंगी

खाने तेलको मूल्य लिटरमै ४० रुपैयाँ, चामल बोरामा एक सय ५० देखि दुई सय रुपैयाँ, दाल किलोमा २० रुपैयाँसम्म बढेको छ। फागुन पहिलो साता १६ सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर अहिले १८ सय रुपैयाँसम्म पुगेको छ। दुई सय ४० रुपैयाँ लिटरमा बिक्री भएको सनफ्लावर तेलको मूल्य दुई सय ८० रुपैयाँ पुगेको छ। त्यसैगरी दुई सय २० रुपैयाँको भटमासको तेलको मूल्य बढेर दुई सय ५५ रुपैयाँ पुगेको छ।

रुस र युक्रेनबीच एकदिने युद्धविराममा सहमति

यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ।

पुटिनको दिमागमा के छ?

राष्ट्रवादी उन्मादमा पनि आधारभूत नैतिकता गुमाउन नहुने सोल्जेनित्सिन ठान्थे। ऐतिहासिक रुसलाई पुनस्र्थापना गर्ने चाहना पूरा गर्ने क्रममा निर्दाेष युक्रेनी तथा रुसीको संहार कल्पनासमेत गर्न नसकिने विषय हो।

उद्धारमा पनि रुसी अवरोध

हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन्। उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान खोज्दा निरन्तर गोलाबारी गरेको आरोप लगाए। युक्रेनको दक्षिण–पूर्वी सहर मरिपोलमा मानवीय सहायता र उद्धारका लागि आठवटा लोरी र ३० वटा बस बाटोमा रहेको युक्रेनी अधिकारीले जनाएका छन्।

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्