अति धनीहरूको उपभोग र लगानी–शैली धेरै कार्बन उत्सर्जन र प्राकृतिक स्रोतहरू बढी दोहन गर्ने भएकाले चरम असमानताले वातावरणीय दिगोपन र जलवायु कारबाहीलाई पनि कमजोर बनाइरहेको छ।
नाकैमा आएर ठोकिएको सबभन्दा टड्कारो समस्या भनेको तेलको मूल्यमा वृद्धि हो। मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य हालै २० प्रतिशतले बढेको छ। अहिले त्यसको मूल्य प्रतिब्यारल १३९ अमेरिकी डलर नाघेको छ। सन् २००८ यता कच्चा तेलको मूल्य यति माथि उकालो लागेको यो पहिलो पटक हो।