१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बाढी, पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)

बाढी र पहिरोका कारण देशका एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्‍याएको छ।

संसदमा पूर्व निर्धारित छलफल स्थगन गरी बाढीको विषयमा छलफल गरौं

सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बस्ने आजको प्रतिनिधिसभाको बैठक स्थगन गर्न नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले माग गरेका छन्।

बाढी पीडित क्षेत्रमा सरकारका कामको कांग्रेसले अनुगमन गर्ने

नेपाली कांग्रेसले अरु राजनीतिक विषय थाति राखेर प्राकृतिक प्रकोपमा परेकाहरुको राहत र उद्दारमा लाग्न आव्हान गरेको छ।

बाढीले राैतहटमा ८ काे मृत्यु, दुई बेपत्ता

तीन दिनदेखि डुबानमा परेको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि अाठ जनाकाे शव फेला परेकाे छ भने दुइ जना बेपत्ता रहेका छन्।

२१ परिवारका ७० जना विस्थापित

बाढीपहिरोबाट सिन्धुलीमा दर्जनौं परिवार विस्थापित भएका छन्। सबैभन्दा बढी कमलानदीले विस्थापित गरेको छ। कमलानदीकै किनारमा बस्ने १६ परिवार विस्थापित भएको दूधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए। उनका अनुसार कमलानदीस्थित दूधौली नगरपालिका–१ डकाहाआसपास बस्ने एक परिवारलाई नदीले बगाएको छ भने १६ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई नजिकको स्कुलमा बस्ने व्यवस्था मिलाइएको छ।

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

बाढीपहिरोका कारण तीनजनाको मृत्यु र दुईजना घाइते भएको मकवानपुरमा क्षतिको विवरण संकलन हुन सकेको छैन। प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमा केही घर पहिरोले बगाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कसैले क्षतिको विवरण बुझाएका छैनन्।

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन्। राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन्।

सिन्धुलीमा मृत्यु हुनेको संख्या चार पुग्यो

बाढीपहिरोमा परी सिन्धुलीमा चारजनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन्। सिन्धुलीका तीन छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश १ मा २१ काे मृत्यु

अविरल वर्षापछिको पहिरो, डुबान र बाढीमा परेर १ नम्बर प्रदेशमा शुक्रबारदेखि आइतबारसम्ममा २१ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता र नौजना घाइते भएका छन्। प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले भने प्रदेशमा १८ को मृत्यु भएको जानकारी दिएका छन्। स्थानीय प्रशासनहरुको तथ्यांकले मृतक संख्या २१ देखाएको छ।

बाढी, पहिरो र डुबानले करोडौंको क्षति

निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। डुबानमा परी र बाढीले घर बगाएर सयौं परिवार विस्थापित भएका छन्। आइतबारसम्म रौतहटमा पाँच, पर्सा, बारा, धनुषा र महोत्तरीमा दुई÷दुई, सिरहामा एकजना गरी प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ। रौतहट, सिरहा, धनुषा, महोत्तरी र पर्सामा एक÷एकजना गरी पाँचजना बेपत्ता भएका छन्। बाढीले जनजीवन निकै कष्टकर बनाएको छ।

सुकुमबासी बस्तीको सदाबहार बाढी दु:खान्त (भिडियो)

कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका हुन्।

रौतहट बाढीः ७० हजार परिवार प्रभावित

निरन्तरको वर्षात र बाढीले जिल्लाको सबै भौतिक संरचनामा असर पु-याएको छ भने जनजीवन निकै कष्टकर बनाएको छ। बाढीले जिल्लामा जनधनको निकै ठूलो क्षति पु-याएको छ।

उदयपुरमा बाढीले बगाएर २ को मृत्यु, दर्जनौं घाइते, सयौं विस्थापित

साता दिनयताको अविरल वर्षाले उदयपुरमा मृत्यु हुनेको संख्या २ पुगेको छ। जिल्लाको बेलका नगरपालिका १ तपेश्वरीका तारा श्रेष्ठको त्रियुगा खोलामा आएको बाढीले बगाएर मृत्यु भएको स्थानीयले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्