५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

बाढी पीडित क्षेत्रमा सरकारका कामको कांग्रेसले अनुगमन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले अरु राजनीतिक विषय थाति राखेर प्राकृतिक प्रकोपमा परेकाहरुको राहत र उद्दारमा लाग्न आव्हान गरेको छ। प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति प्रकाशित गर्दै जानाएका छन्। उनले सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका छन्।

सभापति देउवाले प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुन पार्टी पंतिकलाई आग्रह गरेका छन्। 'विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो', विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: ३० असार २०७६ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App