१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बागमती र लालबकैया नदीमा पानीको बहाव उच्च

गए रातिदेखिको अविरल वर्षाका कारण बागमती र लालबकैया नदीमा पानीको वहाव बढेको छ। चुरे क्षेत्रमा परेको पानीले दुबै नदीमा बाढी आएको हो।

पहिरोले तुवाचुङ–जायजुमडाँडा जोखिममा

गत वर्ष पहिरो खसेकै ठाउँमा यस पटक असार २६ गते राति सडकमा पहिरो थुप्रिएको थियो। सडकमा खसेको विशाल ढुंगाको थुप्रो पन्छाउने काम अझै पूरा भएको छैन।

दर्जनौं बस्ती जोखिममा

वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहुँदा र खोला दोहन थपिँदा बाढी बस्तीमा पसेको स्थानीय बताउँछन्।

नदी निकास र नेपाली विकास

केही वर्षयता बर्खा लाग्नेबित्तिकै राजधानीलगायत मुलुकका विभिन्न भूभाग डुबानमा पर्ने तथा जनधन क्षति हुने क्रम जारी छ। तर राज्य पूर्वतयारीमा भन्दा राहत वितरणमा रमाइरहेको देखिन्छ। बरु राहत सामग्री र ढुवानीका लागि खर्च गर्ने रकम पूर्वतयारीमा लगाए, बर्सेनि जनताले ज्यानै गुमाउनुपर्ने दुष्चक्रबाट देशले मुक्ति पाउँथ्यो कि ? तर राज्य बाढीबाट बच्ने उपाय खोज्नेतिरभन्दा बाढीपछि रातह वितरणमा हौसिने गरेको देखिएको छ। त्यही राहत पनि पाउनुपर्नेले भन्दा पहुँचवालाले हत्याएको समाचार आउँछन्। यस्ता विडम्बनाका खबर केही समयअघि बारा–पर्सामा हुरीले मच्चाएको वितण्डाका बेला पनि आए र अहिले पनि आइरहेका छन्। यस वर्ष पनि काठमाडौँ उपत्यकाका बल्खु र हनुमन्तेलगायत खोला कलंकी र भक्तपुरका बस्तीमा पसेर वितण्डा मच्चाए। उपत्यकाबाहिर पनि खोला र नदी किनारका बस्ती बाढीमा बगेका खबर आएका छन्।

बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर

जिल्लाका बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा शिविरको अयोजना गरेर बिरामीको स्वास्थ्य परीक्षण गरेको हो। गौर नगरपालिका–२ महादेवपटी र राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित शिविरमा पाँच सय तीन जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधिसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटकोे बाढी प्रभावित बस्तीमा निशुल्क स्वास्थ्य शिविर

बाढीबाट प्रभावित विभिन्न बस्तिमा छुटाछुटै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित भएका बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस भने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा निशुल्क स्वास्थ्य शिविरको अयोजना गरेर विरामीको स्वास्थ्य परिक्षण गरेका छन्।

सर्लाहीमा बाढी र डुबानको कहर (फोटो फिचर)

गत असार २५ गतेदेखि केही दिन परेको अविरल वर्षाका कारण तराई मधेशमा बाढी र डुबानले एकसाता सम्म अस्तव्यस्त बनायो। हजारौं घर डुबानमा परे। दर्जनौंको मृत्यु भयो भने हजारौं सर्वसाधारण विस्थापित भए। केही दिनयता क्रमश जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ। सर्लाहीको पनि डुबान भएका विभिन्न स्थानमा जनजीवन सामान्य बन्दै गएको छ।

मधेस डुबानको एउटै कारण ‘चुरे दोहन’

‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ। मधेसमा बाढी उफानमा छ। बाढी प्रभावित प्रदेश २ का जिल्लाहरुको हवाई अवलोकपछि बुधबार जनकपुरमा उप प्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष कौतुहलता व्यक्त गरे। ‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अध्याधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नु’ यसको कारण हो कमलानदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहर कुमार साहले कौतुहलता मेट्ने प्रयास गरे।

राष्ट्रियसभाको टोली रौतहटको बाढी प्रभावित बस्तीमा

रौतहटको विभिन्न स्थानमा बाढीबाट प्रभावित बस्तीमा राष्ट्रियसभा अध्यक्षसहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुबेर जिल्लाभरिमा १६ जनाको मृत्यु र दुईजना बेपत्ता छन्। बाढीका कारण जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परी हजारौं विस्थापित भए। अर्बौ रुपैयाँ बराबरको माछा पोखरी, तरकारी, फलफूल, उखु, धान, पशु चौपायालगायतका क्षेत्रमा ठूलो नोक्सानी भए पनि यहाँको अवस्था बुझ्न बाढी गएको करिब एक सातापछि संघीय सरकारका मन्त्रीसहितका जम्बोटोली वास्तविक पीडितसँग नभेटेर नेपाली सेनाकै ब्यारेकमा स्थानीय सुरक्षा प्रमखसँग भेटघाट गरी हेलिकोप्टरमै पुनः फर्केपछि त्यसको आलोचना भएको थियो।

प्रदेश सरकारको तयारी फितलो

वर्षा सुरु भएसँगै पहाडमा पहिरो र तराई बाढीको पीडा थपिएको छ। हरेक वर्षको प्राकृतिक विपत्तिबाट जनधनको ठूलो क्षति हुने गरेको छ। तर प्राकृतिक विपत्तिमा परेकालाई उद्धार गर्ने र राहत पु¥याउने मामिलामा निकै ढिलाइ हुने गरेको छ, त्यसमाथि अव्यवस्थित पनि। अहिले संघीय सरकार मात्रै होइन, प्रदेशमा सरकार पनि अस्तित्वमा छ। मुलुकको राजधानीबाट उद्धार र राहतमा ढिलाइ भइरहेको गुनासो आइरहँदा प्रदेश सरकारको भूमिकासमेत असाध्यै फितलो देखिएको छ।

राष्ट्रिय सभाको टोलीद्वारा रौतहटको बाढी प्रभावित क्षेत्रकाे अनुगमन

रौतहटको विभिन्न बाढीबाट प्रभावित क्षेत्रहरुमा राष्ट्रिय सभाका अध्यक्ष सहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुवेर जिल्लाभरीमा १६ जनाको मृत्यु भएको छ र दुई जना वेपत्ता छन्।

बाढीपीडितलाई राहत रोक्ने निर्णय

सर्लाहीमा बाढी तथा डुबानपीडितलाई तत्कालका लागि राहत वितरण एवं पुनस्र्थापनको काम रोक्ने निर्णय भएको छ। यस्तो निर्णयले एक साताभन्दा बढी समयदेखि त्रिपाल, प्लाष्टिकका अस्थायी टहरा तथा विद्यालयमा शरण लिई राहत अनि पुनस्र्थापनको पर्खाइमा रहेका पीडित मर्कामा परेका छन्।

समितिद्वारा बाढीको क्षतिबारे जानकारी

संघिय संसदको राज्य व्यवस्था समितिले गत शनिबार आएको बाढीले जिल्लामा पु¥याएको क्षतिबारे जानकारी लिएका छन् । सांसद राजेन्द्र महतोको नेतृत्वमा आएको समितिले शनिबार महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात जिल्ला हुलाक कार्यालयको सभाकक्षमा आयोजना गरेको छलफलको क्रममा बाढीबाट महोत्तरीमा पु¥याएको क्षतिबारे जानकारी लिएका हुन् ।

खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुब्दा शनिबार दुई बालिकाको ज्यान गएको छ।

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्