२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

समितिद्वारा बाढीको क्षतिबारे जानकारी

महोत्तरी – संघिय संसदको राज्य व्यवस्था समितिले गत शनिबार आएको बाढीले जिल्लामा पु¥याएको क्षतिबारे जानकारी लिएका छन्। सांसद राजेन्द्र महतोको नेतृत्वमा आएको समितिले शनिबार महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात जिल्ला हुलाक कार्यालयको सभाकक्षमा आयोजना गरेको छलफलको क्रममा बाढीबाट महोत्तरीमा पु¥याएको क्षतिबारे जानकारी लिएका हुन्।

प्रदेश २ का आठ जिल्लामा बाढीले पु¥याएको क्षतिबारे जानकारी लिन संघीय सांसद्को दुईवटा टोली आएकोमा एउटाले जनकपुरबाट विराटनगरतर्फ र अर्को टोली महोत्तरी, सर्लाही, बारा र पर्सामा बाढीले गरेको क्षतिबारे जानकारी लिन खटिएका हुन्। छलफलमा जिल्ला सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि र प्रशासनिक प्रमुख र सुरक्षा निकायका प्रमुखसँग बाढीको क्षतिबारे जानकारी लिएका छन्।

प्रकाशित: ५ श्रावण २०७६ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App