विपत्तिमा विकल्प
बाढी पहिरो आउने नियमित प्रक्रिया हो भने यसबाट जोगिने रणनीतिक तयारी किन नगर्ने? बाढी पहिरो धेरै जाने ठाउँ छ भने त्यस्ता ठाउँका बस्ती सुरक्षित ठाउँमा सार्ने उपाय किन अपनाइँदैन?
बाढी पहिरो आउने नियमित प्रक्रिया हो भने यसबाट जोगिने रणनीतिक तयारी किन नगर्ने? बाढी पहिरो धेरै जाने ठाउँ छ भने त्यस्ता ठाउँका बस्ती सुरक्षित ठाउँमा सार्ने उपाय किन अपनाइँदैन?
दुई साताअघिको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढी एवं डुबानपीडितले अझै राहत पाउन सकेका छैनन्।
मगंलवार रातिको पहिरोमा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा १३ जनाले ज्यान गुमाएका छन्। यस्तै करिव ६० घरपरिवार विस्तापित भएका छन।
बुधबार दिउँसो दोर्दी खोलामा एक्कासी आएको बाढीले बगाएपछि फेला परेका चारवटै शवको सनाखत भएको छ। पूर्वी भेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको माथिल्लो भागबाट आएको बाढीमा परेर मृत्यु भएका चार जनाको बिहीबार सनाखत भएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए।
लालबकैया नदीमा आएको बाढीले ईशनाथ नगरपालिकाको बन्जरहा गाउँ पुनः डुबानमा परेको छ। यसैगरी गौर नगरपालिका ६ स्थित सवगढा लचका भएर बाढीको पानी सदरमुकाम वरीपरि पसेर खेतीयोग्य जमिनमा लगाइएको बालीनाली समेत जलमग्न भएको छ।
केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन्। मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ।
अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पु¥याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ। भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो।
बागमती र लाबकैया नदीसहित सहायक नदीबाट हुने बाढीलगायतका समस्याको दीर्घकालीन समाधान गर्न संघीय संसद्मा पटकपटक अवाज उठाए पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे।
त्यस्तै ठूलोलुम्पेक जाने सबै सडक अवरुद्ध छन्। विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा १ का वडाध्यक्ष भीमलाल पाण्डेयले बताए।
लमजुङमा बुधबार दिउँसो को अबिरल बर्षापछि दोर्दी खोलामा आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक क्षति भएको छ। पूर्वीभेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा परेर चार जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको हो।
सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन्।
दुई साताअघि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन्। स्थानीय तहका प्रमुख एवं वडाध्यक्ष तथा स्थानीय राजनैतिक नेतृत्वको खिचातानीका कारण सयौं पीडितसम्म अझै पनि सामान्य राहत समेत पुग्न नसकेको हो।
राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रियसभा सदस्यहरुले वर्षेनी बाढी, डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै दीर्घकालिन समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि दीर्घकालिन समस्या समाधान हुने गरि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबानपीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस गरिएको छ।