१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ग्रामीण सडक बन्द हुँदा खच्चडको भर

बर्खा लागेसँगै बाढी र पहिरोका कारण रोल्पाका अधिकांश ग्रामिण सडक बन्द छन्। बाताबरणिय मुल्यांकन नगरी र प्राविधिकको सल्लाह बिनै निर्माण भएका सडक अब हिउँमा मात्रै खुल्ने अवस्थामा छन्।

भत्किएको तटबन्ध मर्मत नहुँदा स्थानीयमा त्रास

बाढीले बागमती र लालबकैया नदीको तटबन्ध भत्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ। भत्किएको तटबन्धलाई भरपर्दो मर्मत गर्ने कामकतैबाट नहुँदा स्थानीय त्रासमा देखिएका छन्। पुनः बाढी आउँदा गाउँ नै बगाउने त्रासले स्थानीयबासी चिन्तित देखिएका हुन्।

प्रदेश २ का बाढी, डुवान प्रभावितलाई अझै राहत पुगेनः मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनर्स्थापना नभएको गुनासो पोखेका छन्। उनले भने, ‘दुई नम्बर प्रदेश बाढी र डुवानबाट प्रभावित बनेको छ। ८ वटै जिल्ला प्रभावित बनेका छन्। अझै पनि राहत पुगेको छैन।’

बाढीले तहसनहस हुलाकी सडक

पटकपटकको अविरल वर्षाका कारण सर्लाहीको लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी राजमार्ग बगाएकाले प्रजिअ राउतले त्यस्तो सास्ती बेहोर्दै आएका छन्।

बाढीपहिरो पीडितलाई काँग्रेस सांसदको सहयोग

प्रदेश नम्बर ३ को नेपाली काँग्रेसका सांसदहरुले पाँच दिनको पारिश्रमिक(तलब) बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन्। २१ जना सांसदको पारिश्रमिक एक लाख ६० हजार रुपैयाँको चेक आइतबार कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदान गरिन्।

खोलाले आफ्नो पुरानै बाटो खोज्यो (भिडियो)

केही दिनअघि परेको अविरल वर्षाका कारण आएको केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ९० जनाको ज्यान गयो भने २९ जना बेपत्ता छन्। बाढीका कारण देशभर ठूलो धनजनको क्षति भयो। पहाडमा पहिरो र तराई डुबानको चपेटामा पर्यो। यसपटकको बाढीले काठमाडौं र यस आसपासका क्षेत्रमा पनि असर गर्यो। ठूलो क्षति भएको क्षेत्र हो, कलंकी, नख्खु र बल्खु। जहाँ करोडौंको धनमालमा क्षति पुग्यो भने हजारौं मानिस प्रभावित भए। मुलपानीमा तीन जनाको मृत्यु नै भयो।, पहिरो र डुबानबाट ९० जनाको ज्यान गयो भने २९ जना बेपत्ता छन्। बाढीका कारण देशभर ठूलो धनजनको क्षति भयो। पहाडमा पहिरो र तराई डुबानको चपेटामा पर्यो। यसपटकको बाढीले काठमाडौं र यस आसपासका क्षेत्रमा पनि असर गर्यो। ठूलो क्षति भएको क्षेत्र हो, कलंकी, नख्खु र बल्खु। जहाँ करोडौंको धनमालमा क्षति पुग्यो भने हजारौं मानिस प्रभावित भए। मुलपानीमा तीन जनाको मृत्यु नै भयो।

विस्थापनको पीडा कम नहुँदै अर्को बाढीको त्रास

जारी अविरल वर्षाका कारण विभिन्न नदी र खोलामा आएको बाढीले रौतहटका कयौं गाउँ फेरि डुबानमा परेका छन्। असार अन्तिम साता बाग्मती र लाल बकैया नदीका साथै विभिन्न खोलामा आएको विनाशकारी बाढीले विस्थापित बनेकाहरूको जनजीवन सहज हुँदै गर्दा पुनः आएको बाढीले थप बिचल्ली बनाएको छ।

पानी नपरे पनि एकाएक बाढी

गुर्जाको लाच्थावाङ र घुर्म खोलामा बुधबार एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट¥यो। बुधबार दिउँसो नै लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो। बाढीमा बगेका केही अझै बेपत्ता छन्। दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो। तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ।

रौतहटमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

समितिका सभापति जैरुको नेतृत्वमा आएको टोलिले रौतहटमा बाढीले क्षति पुर्याएका बस्तीहरुको अनुगमन निरीक्षण पश्चात पीडितहरुको अवस्था र दिर्घकालिन उपायको बारेमा संसदीय समितिमा प्रतिवेदन पेश गर्ने अभियान अन्तर्गत टोलि रौतहट आएको हो।

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्।

बाढीबाट चार हजार घरमा क्षति

बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९ सय ६३ घरमा आंशिक तथा पाँच हजार अाठ सय ४७ घरमा सामान्य क्षति पुगेको छ।

लखन्देहीले बगायो तटबन्ध

खोलाको बेग रोक्न तारजालीमा ढुंगा भरेर ‘रिटेनिङ वाल’ नहाली बालुवा मात्र थुपारेर तटबन्ध बनाइएकाले लाखाैंको क्षति भएको स्थानीयले बताएका छन्।

बाढीले बगाउँदा एक जनाको मृत्यु

वर्षाले गर्दा खोलामा आएको बाढीले बगाउँदा शुक्रबार दिउँसो सुनसरीमा एक जनाको मृत्यु भएको छ। सुनसरी खोलामा आएको बाढीले बगाउँदा भोक्राहा–नरसिंह वडा नं. ८ का ३० वर्षीय राजकुमार मेहताको मृत्यु भएको हो।

बाढीले २६ घरमा क्षति, विस्थापित परिवार स्कुलमा

बुढी खोला नदीमा आएको बाढीले गर्दा दुहवीमा २६ घर कटान गरि क्षति गरेको छ। दुहवीको वडा नं. १ र ४ का नदी छेउको वस्तीका थुप्रै घर उच्च जोखिममा छन्।

डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्