१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहाल मेलम्चीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ।

चौंरीपालकसम्म पुग्दैन अनुदान

वर्षमा नौ महिना चौंरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन्।

सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ। यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ।

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ।

अझै पूरै बाँडिएन मेलम्चीको पानी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको आठ दिन पूरा भएको छ।

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।

सिन्धुपाल्चोक २, प्रदेश (क): एउटै पृष्ठभूमिका पूर्वमन्त्री र मेयरबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा (क) मा गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

सिन्धुपाल्चोक-१ प्रदेश सभा (क) र (ख): युवा उम्मेदवारबीच चर्को प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (क) र (ख) मा सत्ता गठबन्धन तथा एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी?

डक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले राससलाई बताए।

हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन्।

सिन्धुपाल्चोक-१ बाट सभामुख सापकोटासहित तीन जनाको नाम सिफारिस

पार्टी पोलिटब्यूरो सदस्य माधव सापकोटा र फुलम लामा पनि यसै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। एमालेसमेतको मतमा २०७४ को प्रतिनिधि सभा चुनाव सभामुख सापकोटाले यसै क्षेत्रबाट जितेका थिए। त्यतिबेला उनले काँग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए।

गुण्डागर्दी पृष्ठभूमिका राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट सिफारिस

‘गुण्डागर्दी’ पृष्ठभूमिका राजेन्द्रबहादुर गोर्खाली आसन्न संघीय निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। राजु गोर्खालीको नामले परिचत उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को लागि उम्मेदवार सिफारिस भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्