नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास
मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताए। नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो।