२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुँजी बजारबाट अघिल्लो वर्षभन्दा १३ गुणा बढी कर

आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ।

बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै रु १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए।

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको छ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो।

विदेशमा ऋण लिन चाहनेलाई नेपाली बैंकले ग्यारेन्टी दिने

सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ। नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो।

मोको डिजिटल वालेट सञ्चालनमा

फोक्सवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान–टु–पे सुरु गरेको छ।

विदेशी मुद्रा सञ्चितिमा कमी: विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

वित्तीय संस्थाको धेरै कर्जा थोक तथा खुद्रा बिक्रेतामा

थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।

अर्थतन्त्रका अवरोध

अर्थतन्त्रका परिसूचकमा यो वर्ष देखिन सुरु गरेका समस्यालाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ। अहिलेको कुल व्यापार घाटा कम गर्न निर्यात बढाएर मात्र सम्भव छैन। सरकारले आयात प्रतिस्थापन रणनीति बनाए सफल हुन सकिन्छ।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ।

तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो।

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बनाएको मार्जिन कर्जाको सीमा विवादमा शेयर बजारमा निकै ठूलो उतारचढाब भएको हो। मार्जिन कर्जाको सीमा रु. १२ करोड केन्द्रीय बैंकले लागू गरेपछि बजारमा नकारात्मक असर परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्