१७ असार २०८१ सोमबार
image/svg+xml

अर्थ मन्त्रालयमा तीन सल्लाहकार नियुक्त

सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा. विश्व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो।

दैनिक पौने ५ अर्बका वस्तु आयात

सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ।

अर्थतन्त्रप्रति अरू त्रसित राष्ट्र बैंक ढुक्क

नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ।

आठ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

क्रिप्टोकरेन्सी प्रयोगमा ल्याउन सकिदैनः नेपाल राष्ट्र बैंक

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो ।

ग्लोबल बैंकको वित्तीय साक्षरता सम्पन्न

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्न आयोजना गरिएको ग्लोबल मनी विक सम्पन्न गरेकोे छ।

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ।

सात महिनामा भित्रियो छ खर्ब ८९ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ।

समृद्धि फाइनान्सको शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

मौद्रिक नीतिको समीक्षा: भाका नाघेको एक महिनासम्म जरिवाना नलाग्ने

२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा–ब्याज दायित्व भाका नाघेको एक महिनाभित्र भुक्तान गरे पेनाल ब्याज लिन नपाइने भएपछि केही राहत पुगेको छ।

अर्थतन्त्र सुधारोन्मुख हुँदै छः गभर्नर अधिकारी

उदयपुरको बेलटारमा बिहीबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले नेपाली अर्थतन्त्र पछिल्लो केही महिनायता सुधारतर्फ अघि बढ्दै गएको बताएका हुन्।

गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद

नेपालीले गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद गर्ने गरेको आशंका भैरहेका बेला नेपालीलाई लक्षित गरी काठमाडौंमा ‘दुबई घरजग्गा मेला’ सञ्चालन गरिएको छ।

पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए शपथ

पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५१५ औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त डा. दीर्घमान गुरुङले राष्ट्र बैंकबाट सपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्