coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंक सम्मानित

नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औं वार्षिक उत्सवको अवसरमा हिमालयन बैंकलाई सम्मान गरेको छ। बैंकहरू मध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई राष्ट्र बैंकले सम्मान गरेको हो।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन्। हिमालयन बैंकले आव २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान प्राप्त गरेको हो।

बैंकले करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमालरेमिट’ मार्फत ग्राहकलाई समयानुकूल सेवासुविधा दिँदै आएको छ। बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८० ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App