५ आश्विन २०८१ शनिबार
image/svg+xml

३६ लाख नगदसहित दुई युवक पक्राउ

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख रुपैँया नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ

बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।

युरेनियम खोजीमा प्रहरीको विशेष ब्युरो सक्रिय

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको हो।

त्रिभुवन राजपथमा राति बस चलाउन निषेध

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

गैडाकोटका सय घर डुबानमा

भवन नै डुबानमा परेपछि पठनपाठन बन्द भएका छन्। जनक माविको भुइँतला पूरा डुबानमा परेपछि कम्युटर तथा कागजातमा क्षति पुगेको छ।

‘अनर किलिङ्ग’ दोहोरिँदै युवतीको शवको अवशेष प्रहरीद्वारा बरामद

‘शव एकदमै जलिसकेको हुनाले केही अंश मात्र संकलन हुन पाएको छ, प्रारम्भीक रुपमा हामीले नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाएका छौं,’ प्रहरी नायब उपरीक्षक कार्कीले नागरिकलाई भने, ‘चिकित्सकहरुले यहाँ जाँच हुन नसक्ने भनेपछि थप परीक्षणका लागि काठमाडौँ पठाउने हो।’

लागु औषधसहित ३ जना पक्राउ

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षिय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुमबहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन्।

प्रहरी हिरासतबाट आरोपित फरार

‘फरार अभियुक्तखाँलाई खोज्न फिल्डमा प्रहरी खटिएको छ।’ हिरासतबाट अभियुक्त कसरी फरार भएको छानविन भइरहेको छ’ डिएसपी सुवेदीले भने, ‘छानविनपछि डिउटीमा लापरवाहीगर्ने प्रहरीलाई विभागिय कारबाही हुनेछ।’

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उनले बताए।

बस र माइक्रो एकापसमा ठक्कर खादाँ एकको मृत्यु, १७ जना घाइते

बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५/३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए।

छचौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

गोरुको मासुसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्