coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लागु औषधसहित ३ जना पक्राउ

अर्घाखाँचीको शितगंगामा लागु औषधसहित ३ जना पक्राउ परेका छन्।

शितगंगा नगरपालिका वडा नम्बर–८, सातमारा सुपादेउराली मन्दिरमा बसेर लागु औषध सेवन गरिरहेका दाङको राप्ती गाउँपालिकाका तिन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षिय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुमबहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन्। उनीहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम, लागू औषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

पक्राउ परेका तीनै जनालाई लागू औषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। मन्दिरमा लागू औषध सेवन गरी होहल्ला गरेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठाडा र अस्थायी प्रहरीचौकी सातमाराबाट खटिएको प्रहरी टोलीले लागू औषध सेवन गरी रहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

प्रकाशित: १३ श्रावण २०७९ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App