४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु

चट्याङ लागेर आइतबार चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको मृत्यु भएको छ। कक्षा कोठामा अध्ययन गरिरहेको बेला विहान ११ बजे चट्याङ लागेर सात वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।

चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु, ४ घाइते

गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

उदयपुरमा बिहीबार दिउँसो चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको  लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ३ स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

भारतमा अाँधी र चट्याङ्मका कारण मृत्यु हुनेहरूकाे संख्या ५४ पुगेकाे छ।

भारतमा आँधी र चट्याङबाट ४७ जनाकाे मृत्यु

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

चट्याङ लागेर मृत्यु

सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा मंगलबार मृत्यु भएको छ।

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ। चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन्।

चट्याङबाट तीन जनाको मृत्यु

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका-२ ढलिपाङ र हेटाैंडा उपमहानगरपालिका-१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

चट्याङबाट २ वर्षीया बालिकासहित तीनको मृत्यु

बर्षासँगै परेको चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका ३० बर्षीय भीमलाल सिन्तान र उनकी साँढे २ बर्षीया छोरी बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चार जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्