सर्लाही– सर्लाहीको ईश्वरपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
मंगलबार साँझ साढें ६ बजे परेको चट्याङ लागेर ईश्वरपुर नपा–१२, घारिबथान निवासी ४० वर्षिया जोखुमाया वाईबाको मृत्यु भएको हो।
मृतक जोखुमायाको घरमा परेको चट्यांङ लागेर उनकै छोरी ७ वर्षीया पुनु वाईबा, छिमेकी १० वर्षीय सरोज विक र ७० वर्षीया शान्तमाया क्याप्छाकी घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि वीरगंजतर्फ लगिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रकाशित: २२ जेष्ठ २०७५ १६:२३ मंगलबार