८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘तरकारीको सिण्डिकेट तोड्दै सरकार, किसानलाई पेन्सन दिइने’

सरकारले कृषि क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गर्ने तयारी थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कृषकलाई फाइदा हुनेगरी कदम चालिने र तरकारीमा रहेको सिण्डिकेट अब तोडिने जानकारी दिए।

कुखुरा बेच्दा ठगिन्छन् कुखुरापालक किसान

राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।

करोडौँ मूल्यका केरा नोक्सान ७० प्रतिशत किसान बिमा बाहिर

आईतबार साँझ परेको असिना पानी र हावाहुरीका कारण पुर्वी चितवनमा गरिएको केरा खेतीमा क्षति पुगेको छ । हावाहुरी सहित आएको असिना पानीका कारण केरा खेतीमा करीब २० करोड बराबरको क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए।

जैविक सुरक्षाबारे किसानलाई तालिम

यहाँका कुखुरापालक किसानलाई जैविक सुरक्षाबारे तालिम दिइएको छ। नेपाल कुखुरापालक किसान संघले किसानलाई तालिम दिएको हो।

किसान भन्छन्– बारी हेर्दा नि मनै रुन्छ

कालिका नगरपालिका–६ की किसान कोपिला दाहाल आफूले लगाएको केरा बगानको उत्पादन देख्दा निकै खुसी थिइन्।

पानी पर्दा उखु किसान खुसी

दुई दिनयता परेको आकासे पानीले जिल्लास्थित दक्षिण पश्चिम क्षेत्रमा पर्ने बसबरियाका उखु किसान दिनेश महतोको खुसीको सीमै छैन । साढे पाँच बिघा क्षेत्रफलमा उखु लगाएका महतो पानी परेपछि हर्षित भएका हुन्।

असिना पानीले लुट्यो किसानको खुसी

हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएका धान र तरकारी बाली नष्ट गरेको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं ७ र ८ का विभिन्न ठाउँमा बाली सखाप बनाएको छ।

किसानको बजेटमा परामर्शदाताको रजाईँ

कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्।

गहुँ बालीमा किसानलाई घाटा

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

किसानलाई फलफुल प्रशोधन तालिम

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानलाई १५ दिने फलफूल प्रशोधन तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा गाउँपालिकाका १३ किसानलाई सुन्तला, अमला, अदुवा, गोलभेंडा, फर्सी, भुईंस्याउ, कुभिण्डो प्रशोधन तालिम दिइएको हो।

मेसिनबाट गाई दुहुँदै ललितपुरका किसान

ललितपुरका व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन्।  हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो । पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन्, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ।”

किसानलाई न मुआब्जा न खेती

सशस्त्र प्रहरीले तत्कालीन सशस्त्र द्वन्द्वकालमा हडपेर क्याम्प बसालेको साँफेबगरस्थित जग्गाका किसानले न उचित मुआब्जा पाएका छन् भने नत खेती गर्न सकेका छन्।

गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा

किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन्। आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए।

टिमुर खेतीमा किसान आकर्षित

जंगलमा रहेको टिमुरलाई ‘अपरेशन’ गरी व्यवसायिक बनाउनेतर्फ किसानहरू लागेका छन्। सरकारले जडीबुटीहरूको अनुसन्धान, विकास तथा खेती प्रविधि कार्यका लागि टिमुरलाई प्राथमिकताको सूचीमा राखे पछि टिमुर खेती तर्फ किसानको आकर्षण बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्